सोमबार, पुष २ २०७५
काठमाडौं ०८:११
वासिङटन डिसी 21:26

अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ ’ भिडियो सहित  

इनेप्लिज २०७४ फागुन २८ गते १३:२१ मा प्रकाशित
फागुन २८, काठमाडौ । रशिका डिजिटलको प्रस्तुतिमा नेपाली सुगम संगीतमा स्थापित बनिसकेकी गायिका अन्जु पन्तले आफनो सुमधुर आवाजमा रोइला  गित ‘हाम्रा बा लाई थर्काउ ’मा गायक रोशन गैरे र गायिका अन्जु पन्तको गीत बजारमा आएको छ  ।  निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गितमा समेटिएको छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायिका अन्जु ले बताइन ।
मौलिक र उत्कृष्ट रोइला  गीत ल्याएको भन्दै आम दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया आएको छ ।  गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । रोशन गैरेको उत्कृष्ट शब्द सिर्जना तथा संगितमा बनेको गितमा करिष्मा ढकाल र रोशन गौरेको  अभिनय रहेकोे छ ।काजिश श्रेष्ठको निर्देशन रहेको उक्त गीतको छायांकन भने सागर गौत्तमले गरेका हुन् । रोशन गैरे आफैले सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालका ै युटुब चयानलमा अपलोड गरिएको छ ।
हाम्रा बा लाई थर्काउ ’ को भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=kQ2oxs1v9Mc

प्रतिक्रिया