एउटा तानाशाहको वैधानिक उदय, सी चिनफिङ ‘आजीवन चीनको राष्ट्रपति’ हुँदै

इनेप्लिज २०७४ फागुन २८ गते ११:०३ मा प्रकाशित
पुरुषोत्तम ढकाल, लसएन्जलस, २८ फागुन । कुटिल हाँसो सहित मुस्कुराउदै आफ्ना छब्बीस छिमेकीलाई सदैव रुवाउन सफल चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने वैधानिक बाटो खुलेको छ । अर्थात् कुटिल हाँसो हाँसेर भूगोलका छब्बीस छिमेकी मात्र होइन चीनियाँ जनता सहित दुनियाँ रुवाउने छन् चिनियाँ राष्ट्रपति सी चिनफिङले आफु वाचुन्जेल ।
कडा सुरक्षा घेरा भित्र पार्टी भित्रको बहस र पैरवी विनै चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार सम्पन्न बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने संशोधन प्रस्ताव पारित गरेको हो । यसले सन् २०२३ सम्मको कार्यकाल भएका चिनफिङलाई अनिश्चितकालसम्म राष्ट्रपति हुने बाटो खोल्दै एउटा तानाशाह मार्फत दुनियाँ रुवाउने वैधानिक अवसर प्रदान गरेको छ ।
चिनफिङको संविधान संशोधन संसोधन प्रस्ताव अर्थात प्रायोजित मतदानमा २ हजार ९ सय ६४ जनाले मतदान गरेका थिए । तीमध्ये दुई जनाले मात्र विपक्षमा मतदान गरे भने तीन जना अनुपस्थित थिए । यसलाई ‘प्रायोजित’ मतदान भन्नु पनि लाज लाग्दो अवस्था छ ।
यस अघि चीनले सन् १९९० दशक देखि दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने सीमा तय गरेको थियो । एकै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति पदमा बहाली गर्नु खतरनाक हुने भन्दै धेरै राजनीतिक पण्डितहरुले यो संविधान संशोधनको आलोचना गरेका छन् ।
चीनिया परम्परा तोडेर गत अक्टोबरमा राष्ट्रपति सीले आफ्ना अधिनायकको पूर्व संकेत गरेका थिए । कुटिल हाँसो सहित चिनफिङले चीनमा परिवर्तन चाहने शक्ति विरुद्ध राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमै आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले अर्को तानासाहको उदयलाई ‘सी चिनफिङवाद’ को नाम दिएको थियो । दुर्भाग्य त्यही सम्मेलनबाट उडाउदै गरेका मानव जातिका कलङ्क राष्ट्रपति सी आगामी पाँच वर्षलाई पार्टी महासचिव र राष्ट्रपति चुनिएका थिए ।
चीनियाँ जनताको अर्को दुर्भाग्य सी फेब्रुअरी महिनाको अन्त्य तिर चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति कार्यकाल समयसीमा हटाउन सफल भैसकेका थिए ।
संविधान संशोधनपछि अब सी आफैंले नचाहेसम्म उनलाई राष्ट्रपति पदबाट हटाउन कठिन देखिएको छ अर्थात् उदाएको चीनिया नव तानाशाहले फेरी एक पटक दुनियामा मान्छेलाई रुवाउने छन् । अर्थात्य सले उनलाई माओत्से तुङपछिको सबभन्दा शक्तिशाली चिनियाँ राष्ट्रपतिको हैसियतमा पुर्याएको छ जसले जतिबेला जे पनि गर्न सक्छ । अर्थात्आ चीन आइतबारको संविधान संशोधनपछि त्यो वातावरण अन्त्य भएको छ।
अब उदाएका चीनियाँ तानाशाह राष्ट्रपति सी संविधानमै टेकेर आजीवन राष्ट्रपति हुनेछन र यसका लागि उनले आफ्नो मनसायले गुपचुप संविधान संशोधन प्रस्ताव अघि बढाएको बुझिन्छ ।
मानव सभ्यताको यति धेरै विकास भयो भनिएको यो सताव्दीमा कुनै एक नेतालाई उसले चाहेसम्म नेतृत्वमा बस्न दिने कि नदिने भन्ने यति महत्वपूर्ण विषयमा पनि राष्ट्रिय बहस नहुनुले यस्तै संकेत गर्छ । र बाँकी दुनियाले यो बुझ्नु पर्दछकि पुटिनको नया अवतार ट्रंपका साझेदार, मोदीको लागि बाटो खोल्ने र इरानको सुभेच्छुक सीफिंगको उदय मानव जातिको अभिव्यक्ति स्वतन्त्रताको अन्त्य, मान्छेले निर्धक्क वाच्न पाउने युगको पनि अन्त्य र अस्वाभाविक मृत्युको लागि तयार रहनु पर्ने दिनको सुरुवात हो जसको जननी ९/ ११ मा भएको अमेरिकामा भएको आतंकवादी हमला हो जसको जस अपजस मुस्लिम धर्म केन्द्रित शक्ति र सत्ताले लिनु पर्छ तर यो कसैले कहिले कहिल्यै स्विकार्दैन ।
(पुटिनको नया अवतार ट्रंपका साझेदार र इरानको सुभेच्छुक सी चिनफिङ चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकमा आफ्नो विजयको सुनिश्चित भएपछी मतदानमा सहभागी हुँदै । उक्त बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था खारेज गर्ने संशोधन प्रस्ताव पारित गरेको छ। तस्बिर: एपी)

प्रतिक्रिया