मोडलिङ्ग गर्न चाहानेहरुका लागि ‘दि फेस ओसीस्’ ले ल्यायो सुनौलो अवसर।

इनेप्लिज २०७४ फागुन २७ गते १२:२८ मा प्रकाशित

हिमचुली खबर, फागुन २७, ओ.सी.स्. इन्टरटेन्ट्मेन्टको आयोजनामा नेपाल मै पहिलो पटक ‘दि फेस ओ.सी.स्. – नेपाल टिभि मोडलिङ्ग रियालिटी शो’ हुने भएको छ । नेपाल भरिका मुख्य सहरहरु काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान, झापा र बिरगंजमा हुने उक्त कार्यक्रममा १६ बर्ष देखि ३० बर्ष उमेर समुहका महिला तथा पुरुषले सहभागी जनाउन सक्नेछन् ।

जसमा पुरुषको उचाइ ५ फिट ४ इन्च र महिलाको उचाइ ५ फिट अनिवार्य हुनु पर्नेछ । साथै एस.एल.सी.(एस.ई.इ.) उत्रिण गरेको हुनु पर्नेछ ।सहभागी प्रतियोगीहरुका लागि १ महिना सम्म तालिमको व्यवस्था रहेको छ। जसमा व्यक्तित्व विकाश, विविध सामाजिक विषयवस्तु सम्बन्धि जानकारी, आत्मा विश्वास बढाउने तथा फोटोशुट सम्बन्धि प्रशिक्षण समेत दिइनेछ ।

इच्छुक प्रतियोगीले अनलाइन मार्फत फारम भर्न सकिने व्यबस्था गरिएको ओ। सी। स्। इन्टरटेन्ट्मेन्टकी सीइओ पुष्पा गुरुङ्गले जानकारी दिईन् ।

उक्त प्रतियोगितामा विजेता हुनेले डियो स्कुटर, नगत ५० हजारको साथमा निशुल्क एड्भेञ्चर्स ( Rafting, Paragliding & Bungee Jumping) को मजा लिन पाउनेछन्। त्यसै गरि म्युजिक भिडियोमा खेल्ने अवसर, फोटोशुट र थाइल्याण्ड घुम्ने सुनौलो अवसर पनि प्राप्त गर्नेछन् ।

प्रतियोगिका लागि आवश्यक सम्पुर्ण सामाग्री आयोजकले प्रदान गर्नेछ । प्रतियोगिताको प्रशिक्षण तथा समापन कार्यक्रम भने काठमाडौँ मै हुनेछ। कार्यक्रम सम्बन्धि थप जानकारीका लागि ९८०८१९९७४३ मा सम्पर्क गर्न सकिनेछ।

URL: https://docs.google.com/forms/d/e/1FAIpQLScdoP0cGKoVO0TcfJWnpwco1xTFNHXRYgvDk7dPFIQzSp-zHQ/viewform

प्रतिक्रिया