“जन्म” ,ईश्वरी गौतम ,बिराटनगर

इनेप्लिज २०७४ फागुन २७ गते २:३४ मा प्रकाशित

पानीकाे फाेका हाे
मानव जीवन
थाहा नपाइ फुटिदिन्छ
जीवन फुलैफुलकाे
एक गुच्छा हाे
एकै छिनमा
अाेइलाइ दिन्छ ।

याे जन्म एक सपना हाे
बिपनामा हराउछ
याे एक अनाैठाे मिलन हाे
थाहै नपाइ त्यसै टुट्छ ।

जन्म एक घाम हाे
उदाउदाे बिहानीमा
शितकाे माेती बनेर टल्कन्छ
सन्ध्यामा क्षितिजकाे सुन जस्तै
बिलाएर हराइदिन्छ ।

रहस्यकाे चक्रब्यूह
ताेड्नै सकिएन
एक पटककाे मानव जन्म
चिन्न नै सकिएन ।

 

प्रतिक्रिया