हो एकोहोरो प्रेम गरिरहे… कहाँबाट सुरु गरु भत्किएको जीवनको कथा ? [ भिडियोसहित ]

इनेप्लिज २०७४ फागुन २५ गते २२:३१ मा प्रकाशित

Heart touching Nepali love story

काठमाडौँ – कहाँबाट सुरु गरु भत्किएको जीवनको कथा ? चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दो रहेछ सायद यहि नै जीवन हो ।

परिस्थिति र भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसंग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगाली हिंड्नु पर्दोरहेछ । तर जीवन भनेको रहस्यमय कल्पना हो । अनि चुनौती पनि सामना गर्न सिक्नुपर्छ । मानिसको सम्झना कहिल्यै मर्दैन ।

हो, गल्ती मेरै थियो । मैले मेरो मनको आवाज सुन्नुपर्ने ठाउँमा यो निष्ठुरी समाजको आवाज सुनी जानीजानी आफुलाई त्यो विश्वासघातको दलदलमा फसाएँ । मैले ढुङ्गालाई देउता सम्झी पुज्ने प्रयास गरे । माया गरी आँखाको नानी बनाई संसारलाई हेर्ने प्रयास गरे । मायाको अर्थ नबुझी वास्ताविकतालाई ननियाली एकोहोरो प्रेम गरिरहे ‘.गरिरहेँ‘.।

वास्तवमा यो संसार निष्ठुरी छ । आफु मात्र रमाईलो मान्छ । तर यो कलिलो कोपिलाको कलिलो मनलाई विछोडको काँडाले छियाछिया पारिदिन्छ । आकाशले दिन–रातसंग, चन्द्रमाले शितलतासंग, धर्तीले वनपाखाले सुरिलो सुसाइसंग आनन्दायी क्षण बिताइरहेका हुन्छन् । यो कोपिलालाई भने आशुको सागरमा डुबाइदिन्छन् ।

प्रतिक्रिया