गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको “ धुरु धुरु रुनु पर्ला नी ” ( भिडियो सहित )

इनेप्लिज २०७४ फागुन २५ गते ११:३७ मा प्रकाशित

 

काठमान्डौँ, फागुन २५
भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रमेश रिमालाको लोकदोहोरी गित “ धुरु धुरु रुनु पर्ला नी ” युटुव मार्फत बजारमा आएको छ । मायालुले आफनो भावनालाई बुझेको भए पागल बन्नु नपर्र्ने कुरा गित मार्फत ब्यक्त गरिएको छ । एक अर्काले आपसी रुपमा माया नबुझदा विछोड जस्तो अवस्थाको सामना गर्नुपर्ने कुरा गितमा ब्यक्त गरिएको छ । आशुँ र विछोडको अवस्थामा आपसीमा हुने मार्मिक व्यथालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ । रमेश रिमाल र अञ्जली अधिकारीद्धारा  अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भए सगै अत्याधिक चर्चाको शिखरमा रहेको निमार्ण पक्षले जनाएको छ  ।सन्देशमुलक यस गीतमा गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको सुमधुर आवाज रहेको छ ।
राजेन्द्र खड्काको शब्द र गायक मोहन खड्काले नै गीतमा लय भरेका छन् । सुरेश श्रेष्ठले खिचेको उक्त भिडियो लाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियो भावना म्युजिक सोलुसनले बजारमा ल्याएको हो । विछोडका मर्मिक भावहरुलाई समेटेर नेपाली लोक गित संगितको विकाशमा सहयोग पुयाउने अपेक्षाका साथ गित ल्याएको प्रस्तुतकर्ता रमेशले बताए । “ धुरु धुरु रुनु पर्ला नी ” गितको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया