नेपाली साहित्यका शिखर व्यक्तित्व इन्द्रवादुर राइको अन्त्येष्टि सम्पन्न

इनेप्लिज २०७४ फागुन २५ गते ११:०७ मा प्रकाशित
८ मार्च , वाशिंटन डिसी,
नेपाली साहित्यका शिखर व्यक्तित्व इन्द्र वहादुर राइको दार्जिलिङमा अन्त्येष्टि सम्पन्न भएको छ । उनको हिजो देहावसान भएको थियो । एक वर्षअघि उनकी श्रीमती मायादेवी राइको निधनपछि उनी नियाश्रिएका छन् भनिन्थ्यो ।
विसं १९८४ माघ १७ ( ३ फरवरी १९२७)गते दार्जिलिङमा जन्मेका राई नेपाली साहित्यमा अत्यन्त चर्चामा रहेको वौध्दिक साहित्यिक आन्दोलन “तेश्रो आयाम” का तीन प्रवर्तक मध्येका एक थिए । तेश्रो आयामका तीन व्यक्तित्व तीनतिर भएपछि उनले लीला लेखनलाई अघि वढाएका थिए ।
उनलाई ” नेपाली उपन्यासका आधारहरु” कृतिका लागि अकादमी साहित्य पुरस्कार प्राप्त भएको थियो भने नेपालको जगदम्वाश्री पुरस्कारले पनि सम्मानित भएका थिए ।
उनका समग्र रचनाहरुको संकलन इन्द्र समग्र पनि प्रकाशित छ ।
उनका प्रकाशित कृतिहरु यस प्रकार रहेका छन्:
कथा सङ्ग्रह:
१) बिपना कतिपय – कथा संग्रह -इ. १९६१
२) कथास्था – कथा संग्रह – इ. १९७२
३) कठ पुतलीको मन – कथा संग्रह – इ. १९८९
४)प्रतिनिधि कथा -कथा संग्रह-विसं २०६८
उपन्यास:
१) आज रमिता छ – उपन्यास – इ. १९६४
समालोचना तथा अन्य
१) नेपाली उपन्यासका आधारहरु समालोचना संग्रह – इ. १९७४
२) सन्दर्भमा इश्वरवल्लभका कविता – समालोचना – इ. १९७६
३) टिपेका टिप्पणीहरु – समालोचना संग्रह – इ. १९६६
४) दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी – इ. १९८४
५) साहित्य अपहरण माक्सवादी प्रतिबद्धता – आलोचना – इ. १९८३.
६) पहाडका खोलाहरू (१९९२ )
७) अर्थहरुको पछिल्तिर (१९९४)
८) पृष्ठ-पृष्ठ (१९९५)
९) लेखहरु र झ्याल (२०००)
१०) लीला प्रस्तावना
९) सम्पूरक (२०१४)
१०) चुनिएका पछिल्ला लेखहरु(२०१८)
( सौजन्य: www.vpkonlinenews.com)

प्रतिक्रिया