दोहोरी घम्साघम्सी, लाइभ दोहोरीकी रानी प्रिती आलेले पहिलोपटक भयो सकिनभन्दै हार मानिन(भिडियो सहित)

इनेप्लिज २०७४ फागुन २१ गते ११:३७ मा प्रकाशित

 

दुलेगौडा- दुलेगौडाको कवासेमा जारी तेस्रो कवासे रमाईलो महोत्सवमा दर्शकको चाप दिनानुदि बढ्दै गएको छ । शनिबार ५ हजार दर्शकले महोत्सवको अवलोकन गर्दा ९ लाख बराबराको आर्थिक कारेबार भएको महोत्सव आयोजक समितिका सचिव सुरज लम्सालले जानकारी दिनुभयो ।

महोत्सवमा शनिबार चर्चित लोकदोहोरी गायिका प्रिति आले, चन्द्रा कार्की,टेक क्षेत्रि, सन्तोष सुवेदी, मालती राना, सुनिल महत लगायतले प्रस्तुति दिएका थिए । यस्तै हास्यव्यङगतर्फ मनिष घिमीरेको प्रस्तुतिमा दर्शकहरु रमेका थिए ।

फागुन २२ गतेसम्म चल्ने महोत्सवको ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३५ लाख बराबरको कारोबार हुने आयोजकको अनुमान छ । विभिन्न ६० व्यापारिक कक्षहरु रहेका छन् । महोत्सवमा कालिम¥याङ होमस्टेको अवलोकन तथा भुलभुले बाराही मन्दिरको दर्शन, कृषि तथा हस्ताकला प्रर्दशनी, बालउद्यान, आमा समुहस्तरिय रत्यौली गीत प्रतियोगीता, बिद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, लाँखेनाच, कौडा नृत्य र झाँकी प्रर्दशनी लगायतका आकर्षण छन् । महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय लोकदोहोरी कलाकारहरुको प्रस्तुति, लाइभ पप कन्सर्ट, ख्यातिप्राप्त हाँस्य कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लव अध्यक्ष दिपेन्द्र रिमालले जानकारी दिनुभयो । महोत्सवको सह–आयोजक शुक्लागण्डकी वडा नम्बर ३ को कार्यालय रहेको छ ।

यसैक्रममा शनिबार पहिलोपटक प्रिती आलेलाई दोहोरीमा एक गाएकले लाइभ दोहोरीमा गारो पारे l प्रिती आलेलाई दोहोरीकी रानीनै भन्ने गरिन्छ तर शनिबार रानीलाईनै जवाफ दिने हम्मेहम्मे पर्यो l दोहोरीमा अब्बल मानिएका अमर धितालले प्रिती आलेलाई कडा टक्कर दिए अन्ततमा प्रिती आलेले आफैले लामो भयो भन्दै नटुंगाइकन सकाइन यसले पनि उनिलाई जवाफ दिन गारो परेको बुझिन्छ l

हेर्नुहोस खतरा दोहोरी

प्रतिक्रिया