गायक छाडा रुपमा कति राम्रा प्रिती आलेका छातीका टाकुरा भने पछी आयोजकले दोहोरीनै रोके

इनेप्लिज २०७४ फागुन २१ गते ३:०५ मा प्रकाशित

दुलेगौडा- दुलेगौडाको कवासेमा जारी तेस्रो कवासे रमाईलो महोत्सवमा दर्शकको चाप दिनानुदि बढ्दै गएको छ । शनिबार ५ हजार दर्शकले महोत्सवको अवलोकन गर्दा ९ लाख बराबराको आर्थिक कारेबार भएको महोत्सव आयोजक समितिका सचिव सुरज लम्सालले जानकारी दिनुभयो ।

महोत्सवमा शनिबार चर्चित लोकदोहोरी गायिका प्रिति आले, चन्द्रा कार्की,टेक क्षेत्रि, सन्तोष सुवेदी, मालती राना, सुनिल महत लगायतले प्रस्तुति दिएका थिए । यस्तै हास्यव्यङगतर्फ मनिष घिमीरेको प्रस्तुतिमा दर्शकहरु रमेका थिए ।

फागुन २२ गतेसम्म चल्ने महोत्सवको ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३५ लाख बराबरको कारोबार हुने आयोजकको अनुमान छ । विभिन्न ६० व्यापारिक कक्षहरु रहेका छन् । महोत्सवमा कालिम¥याङ होमस्टेको अवलोकन तथा भुलभुले बाराही मन्दिरको दर्शन, कृषि तथा हस्ताकला प्रर्दशनी, बालउद्यान, आमा समुहस्तरिय रत्यौली गीत प्रतियोगीता, बिद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, लाँखेनाच, कौडा नृत्य र झाँकी प्रर्दशनी लगायतका आकर्षण छन् । महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय लोकदोहोरी कलाकारहरुको प्रस्तुति, लाइभ पप कन्सर्ट, ख्यातिप्राप्त हाँस्य कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लव अध्यक्ष दिपेन्द्र रिमालले जानकारी दिनुभयो । महोत्सवको सह–आयोजक शुक्लागण्डकी वडा नम्बर ३ को कार्यालय रहेको छ .

यसैक्रममा शनिबार प्रिती आलेसंग दोहोरी गाउनको लागि एक स्थानिए कलाकार तम्सिए दोहोरी सुरुवात राम्रै भइरहेको थियो तर दोहोरी गाउदा गाउदै जवाफ फर्काउने क्रममा छाडा रुपमा गाएक प्रस्तुत हुन् लागेपछी कार्यकम संचालकले दोहोरी लामो गर्ने मन गरेनन.उक्त गाएकले प्रिती आलेको छातीमा टाकुरा भने पछी प्रिती आलेले पनि दोहोरी गाउन असहज मानिन l अन्तमा कार्यकम संचालकले दोहोरी गाउदा शब्द चिप्लीएको भन्दै माफी मागेका थिए.
हेर्नुहोस उक्त दोहोरी

https://www.youtube.com/watch?v=ZpkQrjmjbbI

प्रतिक्रिया