अमेरिका आएका पुरुषहरु मुख्य ५ कुरामा घर परिवारलाई यसरी सहयोग गर्छन जस्को कारण महिलाहरु दंग देखिन्छन

इनेप्लिज २०७४ फागुन २० गते ३:२७ मा प्रकाशित

विजय थापा,वाशिंगटन डिसी ,काम को मामलामा अमेरिका संग नेपाल को तुलना नै हुदैन । यहाँ कार्यालय तथा अन्य बिषयका कुराहरुलाई उठान गर्न खोजिएको हैन । काम अर्थात् घर अथवा घरेलु कामको प्रसंग जोड्न खोजेको हु ।

नेपाल कृषि प्रधान देश पनि हो । यसको साथै पुरुष प्रधान देश भन्ने गरिएकोले पुरुषहरु न्युनतम घरको काम गर्छन । किनभने अझ पनि घरेलु कामदार राख्ने प्रचलन हुन्छ । परा पूर्व काल देखि नै महिलालाई घरको काम लगाइन्छ । पुरुषहरु पनि यो काम महिलाको हो भन्ने सोच्दछन । पुरुषहरु आफ्नी श्रीमती ,दिदि बहिनि ,छोरी,बुहारी ,आमा ,हजुरआमा ले नै काम गरि दिए हुन्छ भन्ने मानसिकता बोकेका हुन्छन । सवै महिलाहरु पनि हाम्रो काम हो भन्ने सोचाई राख्नाले कुरा बिग्रिएको हो ।

छोरा मान्छेले किन नगर्ने ? चिया किन नपकाउने ? भात तरकारी किन महिलाले मात्र पकाउने ? बजार गएर तरकारी किनेर किन नल्याउने , तरकारी किन काटकुट नगर्ने ,भाडा किन न माझ्ने आदि ईत्यादी । नेपालका पुरुषले नगर्ने भन्ने चाही हैन । तर न्युनतम यस्तो गर्दछन । त्यही पुरुष,त्यही बिधार्थी ,त्यही धनि मानिस ,त्यही ब्यापारी किन अमेरिका आए पछि सुध्रिन्छ्न ? किनभने कुनै  बिकल्प छैन ?

अमेरिका अल्छिहरुलाई तह लगाउने देश हो । अमेरिका काम नगरी उप्पर खुट्टी लगाएर खान बानि पर्नेलाई दिउसै तारा देखाई दिने मुलुक हो । अमेरिका अल्छे तिघ्रो स्वादे जिब्रो हुनेहरुका लागि ठेगानामा लगाउने मुलुक हो ।

अमेरिकामा काम नगरी खानै पाइदैन भन्ने सवैलाई थाहा छ ,बच्चा बच्चालाई थाहा छ । हामी काम नै गर्न र कमाउन नै आएका हौ । तसर्थ काम गर्नु पर्ने हाम्रो बाध्यता हुन्छ । तर अन्य देशको तुलनामा अमेरिकामा मानिस ज्यादै काम गर्छन ।

वास्तवमा र यो सत्य हो कि नेपालबाट अमेरिका आएका पुरुषहरु आफ्ना घर परिवारलाई निकै यसरी सहयोग गर्ने गर्छन । यस्तो अधिकांश नेपाली समुदायमा पाइन्छ । जस्को कारण महिलाहरु दंग देखिन्छन । आफ्ना पति परमेश्वर सप्रिएको ,सुध्रिएको ,सकारात्मक परिवर्तन भएको ,घरेलु सहयोगको सवालमा आमुल परिवर्तन हुन् गएकोमा महिलाहरु प्रफुल्ल पनि देखिन्छन ।

नेपालमा सिन्को पनि नभाच्ने पुरुष अमेरिकामा ठूला ठूला पहाड पनि फोड्न सक्ने भएका छन् । काम महिलाको लागि मात्र साच्नु हुदैन । काम मा लखतरान भएर आएकी जीवन संगिनीलाई घरका जम्मै काम छोड्ने पुरुष अमेरिकामा परिवर्तन भएका छन् ।

सोचाईमा फरक भएको छ । पुरुषहरु यो हाम्रो काम भन्न थालेका छन् । यो घरकि लक्ष्मीको मात्र हैन मेरो पनि काम र कर्तब्य हो भनि सहयोग गर्ने पुरुषहरुको संख्या ह्वातै बढेको छ । यसकारण अमेरिका आएका महिलाहरु आफ्ना पति परमेश्वर संग दंग छन । हसिला खुशीला छन् ।

तर अप्ठ्यारा पुरुषहरु पनि अझ जिवितै छन् । अमेरिकामा पनी पत्नीलाई दलाएर खाने पति पनि भेटिन्छन । तर यस्ता हुनेहरुका घर परिवार अनेक कारण सहित घरवार बिग्रेका पनि छन् । आफुले मात्र गर्ने र घर कि लक्ष्मीलाई सेविका हुन् भन्ने संकुचित मानसिकता राख्ने पुरुषहरुका पत्नीले अर्को संग बिहे पनि गरेका छन् ।

अमेरिकामा हरेक काममा पुरुषहरुले आफ्ना जीवन संगिनीलाई सहयोग गरि रहेका हुन्छन । किनभने अमेरिकामा यसरी सकृय रुपमा काम गर्दा स्वास्थ्य पनि राम्रो हुने हुन्छ । निस्कृय भै चुपचाप बसे शरीर अझ शिथिल हुने र छिट्टै रोगले समात्ने हुन्छ । यसको अतिरिक्त काम गरे फुर्तिलो शरीर पनि हुन्छ ।

अमेरिका आएका पुरुषहरु ले धेरै कुरा जान्दछन र जानेका हुन्छन । किनभने जीवन लामो समय सम्म चलाउनु पर्ने हुन्छ । अमेरिकाका आएका पुरुषहरुले ५ चिजमा आफ्ना घर परिवारलाई सहयोग गर्दछन ।

१.पकाउन : नेपालमा डाडु पुन्यु समेत चलाउन नसक्ने पुरुषहरु सिक्ने पर्ने भएकोले राम्रो संग डाडु पुन्यु संग चलाउन जान्ने भएका छन् । अर्थात् जीवन संगिनी काममा भएको अवस्थामा पनि आफै बनाएर चट्ट तयार पारेर राख्न जान्ने भएका छन् । यसको साथै कति नुन ,कति बेसार ,कति मसला ,कति खेर अदुवा या मर मसला हाल्न लाई श्रीमतीको सहयोग लिनेहरु पनि उस्ताद भएका छन् । अर्थात् महिलाहरु आफै घर पुगेर फेरी पकाउनु पर्ने भन्ने तनाव अब देखिदैन । तसर्थ महिलाहरु ढुक्क भएका छन् ।

२. भाडा माझ्न : नेपालमा पुरुषहरुले बाहिरको काम गर्ने र कमाएर ल्याउने भन्ने हुन्छ र थियो । अब त्यस्तो अवस्था छैन । अरु चिज गरेता पनि नेपालमा पुरुषहरु भाडा माझ्न मन पराउदैन । किनभने धेरै बिकल्प छन् । तर अमेरिकामा त्यो पट्टकै हुदैन किनभने बिकल्प् नहुने हैन । त्यसको लागि बाहिर नै खाने गरे हुन्छ । लामो समय सम्म मानिस बाहिर खाएर सक्दैनन् । यसो गरे भाडा माझ्न पर्दैन । अमेरिकन जीवन यसरी नै ज्यादा चल्दछ तर हामी नेपालीलाई आफ्नै स्वादले जितेकोले त्यो सक्दैनन् ।

पुरुषहरुका भागमा अधिकांश ठूला भाडा भागमा पर्दछन । अमेरिकामा माटो र खरानीले माझ्नु पर्दैन । तरल पदार्थ र अन्य सामग्रीले गर्दा गर्दा सरल हुन्छ । घर भित्र भाडा माझ्दा कसैले देख्दैन । कसैले खिसी गर्दैन किनभने कसले खिसी गर्ने ? अमेरिकामा हरेक पुरुष महिलाले भाडा माझ्नु पर्छ । एक प्रकारको परिश्रम पनि हुने र आफ्नो आफ्नो काम गर्दा कोही सानो पनि नहुने हुनाले महिला ले मात्र हैन पुरुषले पनि सधै नित्य रुपमा भाडा माझ्ने गर्छन ।

३. सन्तान/छोराछोरीलाई राम्रो हेरचाह : अमेरिकामा आएका पुरुषहरु आफ्ना छोराछोरीलाई नेपाल भन्दा धेरै गुणा हेरचाह गर्छन । अमेरिकन कानूनको कारण पनि हुन्छ ।

नेपालमा बच्चाबच्चीलाई लुगा लगाउने र अराउने काम महिलाले गर्छन । लुगा ठीक पर्ने महिलाले अत्यधिक गर्छन । खाजा या टिफिन हाल्ने काम पनि महिला कै हुन्छ । गाडी सम्म पुर्याउने काम पनि महिला कै हुन्छ । पुरुषहरु जादैनन् । बिल्कुलै नजाने भन्ने होइन तर महिलालाई जौ भन्ने चलन हुन्छ ।

त्यसको ठिक बिपरित अमेरिका छ । पुरुष ले नै बालबालिकालाई ठिक पर्ने ,लुगा लगाई दिने ,खाने कुरा भए राखी दिने र झोला तयार समेत गर्ने बाबुहरु नै हुन्छन । बिद्यालयको गाडी (बस ) सम्म पुर्याउने समेत पुरुषले पनि अधिकांश गर्छन । छोराछोरी सानो भएमा पुरुषहरु चुइक्क परेर घर मै संगै बस्दछन । काम मिलाउदछन । काममा पनि बच्चा बच्ची छ भने अलिक खुकुलो पनि गरि दिन्छन ।

आमाले जस्तै बुवाले पनि सबै कुरामा त्यतिकै सहयोग गर्ने भएकोले अमेरिका आएका महिला आफ्ना पति परमेश्वर संग दंग हुन्छन ।

४. परिवार/सन्तानलाई घुमाउन लान : अमेरिकाको संस्कार नै आफ्ना सन्तान तथा परिवारलाई घुमाउन लैजाने भएकोले अधिकांश मानिसहरु यसरी नै अमेरिका भात्र घुमाउन लैजान्छन । त्यति मात्र हैन बालबालिका/सन्तानको लागि मनोरंजन गर्न लाने ,खान लाने ,घुमाउन लाने ,खेल्न अनेक चिज देखाउन लाने अभिभावक पुरुष हुन्छन । यसको यो अर्थ हैन कि नेपालमा यसो गर्दैनन् भन्ने कदापी हैन ।

किनभने नेपालमा महीलाले ज्यादा आफ्ना सन्तानलाई रेखदेख गर्ने हुन्छन । सुत्केरी बिदा मात्र ६ महिना हुन्छ । अनि बच्चा दिनभरी आमा संग हुने तर अमेरिकामा ६ महिना पाइदैन । तर अमेरिकामा पनि आफुले साचेको छुट्टि बाट ४ महिना सम्म पनि महिलाले बिदा लिने चलन गर्ने रहेछन । तर सवैमा लागु हुदैन अमेरिकामा । काम को प्रवृति तथा कार्यालयको नियम अनुसार १५ दिन देखि नै काममा जाने महिला पनि हुन्छन ।

अमेरिकामा नेपाली पुरुषहरुले पनि प्रसस्त छुट्टी लिएर सन्तान तथा जीवन संगिनीलाई प्रसस्त समय व्यवस्थापन गर्दछन । यसो गर्न नेपालमा समय हुदैन तर अमेरिकामा पुरुषहरु ब्यबहारिक पनि हुन्छन । अनि सुत्केरीलाई हेरचाह संगै बच्चालाई पनि त्यतिकै स्नेह र ममता गर्ने भएकोले अमेरिका आएका नेपाली महिलाहरु पुरुषहरुका यस्ता काम देखे पछि खुशी देखिन्छन ।

बजार किनमेल : नेपालमा अधिकाश किनमेल महिला ले गर्ने चलन छ । घर व्यवहारका लागि सर सामानहरु पनि महिलाले नै धानेका हुन्छन । किनभने सानो देखी नै आमा ले छोरीलाई त्यस्तो सिकाउदै आउदछन । र ,छोरी मान्छे ब्यबहारिक पनि हुन्छन । नेपालमा पुरुषहरु महिलाले नै गर्छन भने सोचाई हुनाले महिला लाई नै जिम्मा सुम्पिएका हुन्छन । प्राय महिलाले नै बजार किनमेलमा ढाकेका हुन्छन ।

तर अमेरिकामा पुरुष र महिला बराबर भन्ने मान्यता रहने हुनाले नेपालमा केही नजानेका पुरुषहरु काम गर्दा गर्दा निकै जान्ने भएका छन् । बजारी किनमेल गर्न पुरुष प्रति महिलाहरु ढुक्क हुने गर्छन । किनभने खराव या गलत ल्याएको छ भने पनि आखिर ३ महिना सम्म पनि फिर्ता पाइने हुनाले डरको कुरै भएन ।

पुरुषहरु निकै तगडा भएका छन् । हरेक कुरा किन्न जान्ने भएका छन् । घर देखि सबै चिज किन्न पुरुष जान्दछन । नेपालमा केही नकिन्ने पुरुषहरु सोधखोज गर्दै जे कुरामा पनि चासो देखाई बजार गर्न जान्न निकै अघि भएका छन् ।

नेपालमा महिलालाई दलाउने ,काममा लगाउने र सवै कुरामा महिलासंग भर पर्ने पुरुष अमेरिकामा पकाउन ,भाडा माझ्न ,आफ्ना सन्तान/छोराछोरीलाई राम्रो हेरचाह गर्न ,आफ्ना परिवार/सन्तानलाई घुमाउन लान तथा बजार किनमेलमा पुरुष तगडा भए पछि नेपाल बाट आएका महिलाहरु खुसि नहुने भन्ने कुरा नै हुदैन ।

यस अर्थमा कुनै पनि काम पुरुष या महिलाको भन्ने कदापी हुदैन । सबै काम दुबैको हो । हामी सबै मिलेर काम गर्नु पर्छ । जे होस् अमेरिकाले नेपाली पुरुषहरुलाई सुधारी दिएको छ । आमुल परिवर्तन गरि दिएको छ । सदैव यस्तै मिलेर काम गरेको सुन्न पाईयोस ।

प्रतिक्रिया