संसारभर छरिएर रहनुभएका प्रिय स्वाभिमानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
करिब एक वर्षभन्दा लामो आन्तरिक (गहन) तयारी, विदेश/स्वदेशका सयौं विज्ञ तथा उत्सुक साथीहरुसँगको छलफल र विभिन्न देशहरुमा स्वतन्त्र समूहहरु निर्माणसँगै हामी स्वाभिमानी नेपालीहरुको विश्वव्यापी स्वतन्त्र अभियानको विशेष मोडमा छौं ।
स्वाभिमान अभियान
हाम्रा समूहका नामहरु : स्वाभिमानी नागरिक समूह (स्थानको नाम)
नारा : समृद्ध नेपाल, स्वाभिमानी नेपाली
अनि उदेश्य उही : समृद्ध नेपाल, स्वाभिमानी नेपाली
वाद : नेपालीत्व, समृद्धि र स्वाभिमान
हालका लागि तपाईंहरुको सहयोग अपेक्षित छ :
जहाँ हुनुहुन्छ, विदेश वा स्वदेश । कम्तीमा सात, बढीमा जति पनि जनाको एउटा स्वाभिमानी नागरिक समूह बनाउनुहोस् र कम्तीमा हप्तामा एकपटक समूहमा देश, समृद्धि र स्वाभिमानका लागि के गर्न सकिन्छ ? एजेन्डा तय गर्दै छलफल गर्न सुरु गर्नुहोस् (हामी तपाईलाईं एजेन्डा वा विषयहरुबारे जानकारी दिँदै जान्छौं) अनि छलफलका विषयहरु, गतिबिधीहरुबारे सकेसम्म आफ्नै वेबसाईट अथवा मिडियालाई जानकारी गराएर वा कम्तीमा सामाजिक सञ्जालहरुबाट अरुहरुलाई जानकारी दिँदै जानुहोस् ताकि समाजमा समृद्धि र स्वाभिमानका प्रति सकारात्मक गतिबिधीहरुको तरंग फैलिंदै जाओस् ।
विदेशदेखि देशलाई जोड्ने र देशमै रहेका समूहरुबाट सकारात्मक कामहरु, सिर्जनात्मक प्रयासहरु र कहीँकतै अन्याय अत्याचार भए खबरदारी गर्दै जाऔं, स्वाभिमानी नागरिक समूहले कुनैपनि प्रकारका देश, समाजघातहरुलाई सहन नसक्ने स्वभाव बनाउनेछ ।
यो अभियान कुनैपनि राजनीतिक दल, धर्म, जात, क्षेत्र, भूगोल र वादहरुभन्दा माथिबाट उठ्नेछ ।
संसारका विभिन्न देशहरुमा स्वाभिमानी नागरिक समूहहरु बनिसकेका छन् । स्वदेशमा गाउँ, वस्ती, नगर, जिल्ला वा प्रदेशहरुमा यस्ता समूहहरु बनेर तिनले समाजलाई सकारात्मक दिशा दिनेगरी खबरदारी गर्न सुरु गर्नेछन् ।
र, क्रमश हामी हाम्रा खास कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।
[email protected]
प्रतिक्रिया