अन्जु पन्त को स्वर तथा पुष्कर पन्त को शब्दमा ” नयाँ नृत्य सहितको ” कुटुमा कुटु ” गीत सार्बजनिक

इनेप्लिज २०७४ फागुन १९ गते ०:०१ मा प्रकाशित

विजय थापा ,नेपाल कि चर्चित गायिका अन्जु पन्त को स्वर तथा अमेरिकामा बसोबास गर्दै आएका कलाकार पुष्कर पन्त को शब्दमा ” नयाँ नृत्य सहितको ” कुटुमा कुटु ” गीत सार्बजनिक भएको छ ।

उक्त गीत म्युजिक नेपालको आधिकारिक युट्युब बाट सार्बजनिक मार्च २ ,२०१८ मा भएको हो । नया नृत्य भिडियो २०१८/२०७४ लेखिएको उक्त गीत अन्जु पन्त तथा सुमन केसीले गाएका छन् ।

एक्सन मिडिया द्वारा प्रदान गरिएको उक्त भिडियो को संगीत दिपेन्द्र थिङ्गले गरेका छन् । उक्त श्रब्य दृश्य मा नृत्यमा प्रस्तुति गर्ने कलाकारहरुमा आशिस्मा नकर्मी ,पुस्कर पन्त ,सोम लामा ,अर्चना ,दिपा तथा विकास को रहेको छ ।

सम्पादक सुधान बस्नेको रहेको छ भने क्यामरा (चित्रग्राहिणी) मुकेश हुमागाई तथा निर्देशक शेर बहादुर डिसी तथा शिभन पोख्रेल को रहेको छ । हास्य व्यंग्यमा अनेकौ भूमिका निर्वाह गर्दै आएका कलाकार पन्त नेपाल भ्रमणमा गएको समयमा छायाँकन गरेका हुन् ।

पन्त अमेरिका आई सकेका छन् भने उनि आफु भित्र रहेको प्रतिभालाई अमेरिकाका विभिन्न राज्यमा हुने कार्यक्रममा समेत प्रस्तुति गर्दछन ।

तर यस पटक उनले नृत्य समेत गरि नृत्य गीत मा समेत कलाकार भित्र रहेको निहित सिकाई लाई छताछुल्ल पारेका छन । छायांकन र प्रस्तुति निकै राम्रो देखिएको छ ।

प्रतिक्रिया