एकजुट बन्दै साझासमृदि महिला समुह

इनेप्लिज २०७४ फागुन १८ गते ६:३८ मा प्रकाशित

काठमाडौं , १८ फागुन,  टोखा नगरपालिका वडा ३ मा महिलाहरुले साझासमृदि महिला समुह गठन गरेका छन् । ६० जना सदस्य रहेको समुहको उदघाटन गदै टोखा नगरपालिकाका उपमेयर ज्ञान माया डङगोलले वडा र नगरपालिकामा लक्षित वर्गका लागि रकम भए पनि महिलाहरु अग्रसर नहुदाँ सो रकम बाटो ,पानि लगायतका क्षेत्रमा प्रयोग हुने गरेको बताउनु भयो र महिलाहरुलाई आफुले पाएका अधिकारको बारेमा जानकार हुन आग्रहसमेत गर्नुभयो ।

त्यसतै नेकपा एमालेका टोखा नगरपालिका ३ का वडा अध्यक्ष  गणेशमान श्रेष्ठले  समुहमा मिलेर काम गर्दा श्रृजनात्मक काम गर्न सकिने भएकाले  सबैलाई  एकजुट भएर काम गर्न शुभकामना दिनु भएको थियो । उदघाटन कार्यक्रम समुहका अध्यक्ष दिपा रिजालको अध्यक्षता र माया नेपालको संचालनमा भएको थियो । उदघाटन कार्यक्रममा महिलाहरुले नाचगान गरेर रमाइलो समेत गरेका थिए  ।

 

प्रतिक्रिया