मनको राजाको साथमा सरिता राईको ईनिङ (भिडियो सहित)

इनेप्लिज २०७४ फागुन १७ गते १०:२३ मा प्रकाशित
काठमाडौं । नेपाली साँगीतिक क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको उदय हुने क्रमले निरन्तरता पाई रहेको छ । प्रसस्त ज्ञान तथा क्षमता बिना प्रवेश गरेका कलाकारहरु कताबाट आए र कहिले हराए भन्ने अवस्थाबाट नेपाली साँगीतिक क्षेत्र गुज्रि रहेका बेला एक आशा लाग्दो प्रतिभाको उदय भएको छ । मेरो मनको राजा बोलको पहिलो गीत लिएर साँगीतिक आकाशमा उदाएकी सरिता राईको स्वर सुन्दा कतै पनि नयाँ लाग्दैन । परिपक्कता भेट्न सकिन्छ ।
नयाँ प्रतिभाहरुको अवसरको माध्यम तथा पुराना कलाकारहरुका लागी सुरक्षित कम्पनीको रुपमा आफ्नो पहिचान बनाएको पुर्वेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुति रहेको उक्त गीतको शब्द तथा संगीत राज कुमार लामा (तामाङ) ले गरेका छन् भने आमोश तामाङले संगीत संयोजन गरेको ट्रयाकमा नव गायिका सरिता राईले सुमधुर स्वर दिएकी छिन् । त्यसै गरी छायाँकार जनकराज अधिकारीले सुनिता वाईबा र जोहन राईलाई क्यामरामा कैद गर्ने काम गरेका छन् । भिडियोको निर्देशन तथा सम्पादन समेत जोहन राईले गरेका हुन् ।
बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया