गायक सुमनकुमार श्रेष्ठको नयाँ गीत “मुटु चोरी लाने” म्युजिक भिडियो सहित सार्वजनिक

इनेप्लिज २०७४ फागुन १६ गते १२:०७ मा प्रकाशित

काठमाडौँ : थोरै तर अर्थपूर्ण र सार्थक गीत गाउँदै आएका गायक सुमनकुमार श्रेष्ठको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
बिहानी र बिहानी २ नामका दुई एकल अडियो गिती एलबम बजारमा ल्याईसकेका गायक सुमनकुमारको प्रकाशोन्मुख अर्को एलबम बिहानी ३ मा संगृहित मुटु चोरी लाने मायालाई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। ख्यातिप्राप्त संगीतकार दीपक जंगमका कुशल चेला गायक सुमनकुमारले आप्mनो भिन्न शैली प्रस्तुत गर्दै गाएको यो गीतमा शव्द रचना डा. राजुबाबु श्रेष्ठको रहेको छ। संगीत भने राजु सिंहले भरेका छन्। विन्ध्यवासिनी म्युजिक कम्पनी प्रालि अडियो उत्पादक र वितरक रहेको एलबमको यो गीत एरेन्जमेन्ट फणिन्द्र राईको रहेको छ भने रेकर्डिङ र मिक्सिङ किशोर थापाले गरेका छन्।

गीतको म्युजिक भिडियोलाई निर्देशक निकेश खड्काले कथानक शैली दिएका छन्। यसको म्युजिक भिडियोमा मोडल आकाश श्रेष्ठ र नायिका स्वस्तीमा खड्काले अभिनय गरेका छन्। राजिव समिरको कोरियोग्राफी रहेको भिडियोका छायांकन धिरजजंग शाह र सम्पादन प्रकाश तुलाधरले गरेका छन्। भिडियो सार्वजनिक भएको केही दिनमै यसलाई विन्ध्यवासिनमी म्युजिकको युट्युब च्यानलमा करिब ७ हजारले हेरिसकेका छन्।

प्रकाशोन्मुख एलबम बिहानी ३ गायक सुमनकुमारको चौथो एलबम हुनेछ। सुमनकुमारले यसै एलबमका लागि रेकर्ड गराएको पहाडतिर लेकहरुमा लालिगुरा“स फुलाउ“ नेपाली तराईतिर फा“टहरुमा धानको बाला झुलाउ“ नेपाली बोलको गीत यसअघि नै म्युजिक भिडियोसहित सार्वजनिक भईसकेको छ। स्व. क्षेत्रप्रताप अधिकारीको गहकिला शव्द रचना तथा दीपक जंगमको संगीत रहेको गीतले समसामयिक नेपालका लागि गतिलो पाठ बोकेकै कारण यसको म्युजिक भिडियो नेपाली टेलिभिजन च्यानल र युट्युबमा चम्किन पुगेकोे थियो।

दुई दशक लामो सांगितीक यात्राका दौरान सुगम संगीतको क्षेत्रमा श्रेष्ठ साबित गायक सुमनकुमारले बिहानी ३ मा रोमान्टिक, राष्ट्रिय, सेन्टिमेन्टल, सेमी क्लासिकल र कलासिकल गीतको समिश्रणका रुपमा आउने जानकारीगराए। यो मन कोमल, ए आवाज, खाएको कसमजस्ता सुगम संगीतका गीतबाट चम्किएका गायक सुमनकुमार श्रेष्ठले २०५३ सालमा हाल ठूलो पर्दाका फिल्म निर्माण गर्दै आएका निर्माता शुशिल पोखरेलद्धारा निर्मीत मास्टरजीको सपना नामक टेलिसिरीयलको शिर्ष गीत गाएर सांगितीक करियर शुरु गरेका थिए। त्यसको छ वर्षपछि ०५९ सालमा आएर एकल एलबम आगमन बजारमा ल्याएका थिए। त्यही बेला सुमनले नया“ वानेश्वरस्थित हालको सांसद् भवन तथा तत्कालीन विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुमन सांस्कृतिक सा“झ नामक भव्य एकल सांगितीक कार्यक्रममा आफ्ना प्रस्तुति दिएर सबैलाई चकित बनाईदिएका थिए। ९ वर्ष लामो अन्तराल पछि ०६८ सालमा आएर बिहानी नामक एलबम ल्याएपछि यी गायक सांगितीक बजारमा छाउन पुगेका थिए। डियर कल्याणको एकल गीत र सचिन सिंहको एकल संगीतमा तयार भएको बिहानीपछि भने सुमनकुमार गायन क्षेत्रमा स्थापित हुन पुगे। यो एलबमको यो मन कोमल सुपर डुपर हिट हुन पुग्यो भने अर्को गीत ए आवाज पनि खूबै चल्यो। एलबम कान्तिपुर, इमेज र विन्ध्यवासिनी म्युजिक अवार्डमा सो वर्षकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भयो । यसै क्रममा उनले खाएको कसम गीतबाट गायकका रुपमा इमेज अवार्ड पनि हासिल गरे।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया