पोखराको पर्यटन व्यवसायमा नया आयाम थप्दै होटल रानीबन आर्केड

इनेप्लिज २०७४ फागुन १६ गते ११:४३ मा प्रकाशित

काठमाडौँ : पर्यटकीय सुन्दर नगरी पोखराको पर्यटन व्यवसायमा होटल रानीबन आर्केडले नया आयाम थप्दै गएको छ l पर्यटकीय क्षेत्र लेकसाइडको राम्रो तथा औलामा गनिन सक्ने होटल मध्ये पर्ने होटल रानीबन आर्केड पोखराको सुबिधा सम्पन्न होटलको सुचिमा पर्दछ l आन्तरिक तथा बाह्य पर्यटकहरुले सधै खचाखच भरिने होटल रानीबन आर्केड स्थानियबासीहरुको पनि पहिलो रोजाइमा परेको छ l पारिवारिक बाताबरणमा सम्पुर्ण सुबिधायुक्त होटल रानीबन आर्केड पोखरा लेकसाइडको प्राइम लोकेसनमा अबस्थित छ l

होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् जसमा २४ वटा सुपर, २० वटा डिलक्स, १४ वटा सुपर डिलक्स र २ वटा जुनियर सुइट कोठा रहेको होटलका संचालक हरी भुजेलले जानकारी दिए । प्राय सबै कोठाबाट पोखराको मुख्य आकर्षण मानिने फेवाताल, शान्तिस्तुप, रानीवन लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्राय कोठाबाट पोखराबाट देखिने हिमालयहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ भने पुर्ण पर्यटकमैत्री होटल सञ्चालनमा भएको छ । पर्याप्त पार्किङको सुविधा रहेको होटलको चौथो तलामा रुफटप गार्डेन बार छ । रुफटप गार्डेन बारलाई ‘माया गार्डेन’बाट ब्राण्डिङ गरिएको छ । होटलमा २ सय जना क्षमताको सभाहल छ जुन सभाहललाई ‘जमुना हल’ नामाकरण गरिएको छ । होटलको माथिल्लो तलाबाट सम्पूर्ण पोखरालाई स्पष्टसँग ३ सय ६० डिग्रीको कोणबाट अवलोकन गर्न सकिन्छ, पर्यटकहरुको सुविधालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरिएको छ भने होटल अपाङ्ग र वृद्धावृद्धामैत्री रहेको छ ।

होटलका प्रत्येक कोठामा मिनीबार,एसीको सुविधा छ भने खाना तथा खाजाका लागि रुम सर्भिसको सेवा उपलब्ध छ । चौबिसै घन्टा पर्यटक तथा होटल ग्राहकको सेवामा मिठो मुस्कानको साथमा कर्मचारी खटिएका हुन्छन् तसर्थ पनि होटल रानीबन आर्केड थ्री स्टार होटल सरहको सुविधा सम्पन्न भएको होटल रहेको हरि भुजेलले जानकारी गराए । होटलको मुख्य आकर्षणका रुपमा प्रवेशद्वार नजिकै प्राकृतिक पहाडको झल्को दिने संरचना तयार पारिएको छ । ‘पहाडको संरचनाबाट नियमित रुपमा झरना जसरी झर्ने पानी यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । पुर्ण पारिवारिक वातावरणमा होटल सञ्चालन गरिरहेका यस होटलमा पर्यटकको स्वागत सत्कार तथा सुविधामा कुनै कमी हुन नदिन होटलका कर्मचारी चौबिसै घण्टा उपलब्ध भईरहेका हुन्छन ।

आन्तरिक पर्यटकलाई लक्षित गरी चाडपर्वका अवसरमा विशेष छुटमा सेवा उपलब्ध गराइने कार्यकारी निर्देशक कुश भुजेलले जानकारी दिए । होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइडसिन व्यवस्था पनि मिलाइएको छ । ‘बिमानस्थल र बसपार्क सम्म ल्याउने र लैजाने सुविधा पनि उपलब्ध भएको यस होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट र पूर्ण एयर कण्डीसन रुम सुविधा सम्पन्न बेड , टेलिभिजन, अट्याच वाथरुम, वाईफाई, तातो-चिसो पानी, मिनीबार लगायतका न्युनतम सेवा सुविधाहरु रहेका छन साथै भोजन र सभाहलको समेत ब्यवस्था रहेको होटल कार्यकारी निर्देशक कुश भुजेलले जानकारी दिए। युवा उद्यमी हरी भुजेलले पोखराको लेकसाइडमा होटल व्यवसायको राम्रो सम्भावना रहेकाले होटल व्यवसायमै लगानी गरेको बताए। पोखरामा होटल ब्यवसायमा लगानीलाई राम्रो गन्तब्य बनाउन आफुले होटल ब्यबसायमा लगानी गरेको उनले बताए।

लामो समय देखि पर्यटन ब्यबसायमा संलग्न बुबा भीमसेन (बुद्धराज) भुजेलले गर्दै आउनु भएको ब्यापार ब्यबसायलाइ निरन्तरता दिदै युवा ब्यबसायी हरी भुजेलले आफ्नो भाईहरु लब भुजेल र कुश भुजेलको सहकार्यमा आफ्नो अनुभबलाइ तथा पोखराको मनोरम दृश्यलाइ नजिक बाट नियाल्न आउने पर्यटकहरुको सुबिधालाइ ध्यानमा राखेर पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा होटल रानीबन आर्केडको सुरु गरिएको कुरा उनले बताए l

होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न र प्राकृतिक छटाले भरिएको पोखरामा भरपुर आनन्द लीन एक राम्रो गन्तब्य हुने कुरा उक्त होटलका प्रबन्ध निर्देशक कुश भुजेल बताउछन l

रानीबन आर्केड होटलसँगै फाइन डाइनिङ रेष्टुरेन्ट पनि सञ्चालनमा आइरहेको छ । कुइन फरेष्ट रेस्टो एण्ड बारबाट होटलमा बस्ने पर्यटक र अन्य पर्यटक तथा पदयात्रीका लागि खाना तथा नास्ताको सुविधा उपलब्ध छ । रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । ‘पर्यटकको चाहना अनुसारको खाना तथा खाजा खुवाउने ब्यबस्था गरिएको छ । रेष्टुरेन्टमा एकै पटकमा एक सय भन्दा बढी पर्यटकलाई सुविधा उपलब्ध गराउन सकिने क्षमत समेत रहेको छ ।

होटल र रेष्टुरेन्टसँगै ट्राभल एण्ड ट्रेकिंग कम्पनी, मनि चेन्जर पनि सञ्चालन गरिहेका छन् । ट्राभलबाट पर्यटकलाई पोखरा साइडसिन, स्वदेशी र विदेशी हवाइ तथा बस टिकटको सुविधा उपलब्ध छ । ट्रेकिङ कम्पनीमार्फत नेपालका विभिन्न ट्रेकिङ रुटहरुमा पदयात्रा गराइन्छ । उनि भन्छन हामी कहाँ आउने पर्यटकले सम्पूर्ण सेवा तथा सुविधा एकै ठाउँ बाट पाउँछन् । बुबा भीमसेन (बुद्धराज) भुजेलले करिब ४० वर्ष अगाडि सञ्चालन गरेको रेष्टुरेन्टलाई अहिले परिमार्जन सहित भुजेल दाजुभाइले सञ्चालनमा ल्याएका हुन् । सानै उमेरदेखि पर्यटन व्यवसाय सँग घुलमिल भएका कुश भुजेल बिदेशमा उच्च शिक्षा हासिल गरि स्वदेशमा नै केहि गर्नु पर्छ भन्ने सोच लिएर पुर्ण रुपमा पर्यटन व्यवसायमा संलग्न छन् ।

युवा ब्यबसायी हरी भुजेलले पोखरामा पर्यटन व्यवसायमा अथाह सम्भावना रहेको बताउँछन् । उनी भन्छन ‘पर्यटकलाई नयाँपनको अनुभूति हुने गरी सेवा उपलब्ध गराउन म सधैं तल्लिन छु । व्यवसाय सञ्चालनमा भाइहरु लब भुजेल र कुश भुजेलको पनि उनलाई साथ छ । आगामी दिनमा समय सापेक्ष रुपमा लगानी बढाउँदै अगाडि बढ्ने भुजेलको सोच छ । पोखरा तथा नेपालका अन्य पर्यटकीय गन्तव्यहरुमा होटल विस्तार गर्ने पनि उनको योजना रहेको जानकारी गराए।

 

पर्यटन ब्यापार ब्यबसायको साथमा विभिन्न संघ सस्थामा आबद्द भएर समाजसेवामा समेत अग्रणी भुमिका निर्बाह गर्दै भुजेल परिवार निकट भविष्यमा रानीबन फाउण्डेसन स्थापना गरि समाजसेवामा अगाडी बढ्ने कुरा कुश भुजेल बताउछन l आफ्नो ब्यापार ब्यबसाय बाट भएको फाइदाको केहि प्रतिशत रानीबन फाउन्डेसन मार्फत दुखि पिडित समक्ष पुर्याउने लक्ष रहेको समेत उनले जानकारी गराए l

प्रतिक्रिया