निलम कार्की निहारिका को योगमाया उपन्यास सार्बजनिक

इनेप्लिज २०७४ फागुन ११ गते १३:२६ मा प्रकाशित

निलम कार्की निहारिकाले अध्ययन अनुसन्धान गरेर लेखेको ऐतिहासिक उपन्यास योगमाया उपन्यास सार्बजनिक भएको छ । सामाजिक परिवर्तन कि अग्रणी योगमाया बारे लेखिएको उपन्यास योगमाया आमा मीना कुमारी कार्की र अमेरिकी पत्रकार तथा सामाजिक अनुसन्धानकर्ता बार्बरा ले सयुक्त रुपमा लोकार्पण गर्नु भएको हो ।

कार्यक्रममा प्रा कृष्ण गौतम ले ठुला वर्गको मात्र ईतिहास लेखिदै आएकोमा यसरी जनताको बारेमा खोज अनुसन्धान गरि कृती तयार गर्नु धेरै महत्वपूर्ण भएको उल्लेख गर्नु भयो । अर्का समीक्षक डा सावित्री कनपतिले योगमाया उपन्यासलाई लाई विभिन्न कोण बाट अध्ययन गर्न सकिन्छ । शैली प्रस्तुति र हरेक रुपमा अति अब्बल कृतिले पुनर्जन्म दिएको बताउनु भयो ।

काठमाडौँ पर्यटन बोर्ड को सभाकक्षमा कार्यक्रम गर्ने वचन दिएको कारण आफु बिराटनगर पुगेर बृद्ध व्यक्तित्वबाट सोधपुछ गरेर लिइएको उपन्यासकारले अवगत गराईन । उक्त बिमोचन कार्यक्रममा महेश पण्डितले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यक्रमको सुरुमा उपन्यास लेख्दा अनुसन्धान को एक वृत चित्र प्रदर्शन गरिएको थियो । उपन्यास संगै वृतचित्र प्रदर्शन गरि तथ्य पुष्टि गरिएको यो नेपालको उपन्यास लेखनमा पहिलो अनुभव भएको कुरा उपस्थित दर्शक तथा सहभागीले बताए ।

राणा शासन बिरुद्ध समेत आवाज उठाएकी योगमाया बारेमा लेखिएको उपन्यास लाई प्रजातन्त्र दिवसको अवसरमा बिराटनगरमा अपनी योगमायाको अनुयायीका केही सन्तानहरु बाट लोकार्पण गरियो ।

आफुहरु संग अन्तर्वार्ता लिएर लेखिएको उपन्यास लिएर लेखक स्वयम् आफुहरु रहेको स्थानमा आई पुगेको हुँदा ९५ बर्षिय लोकेन्द्र बहादुर बस्नेत , ८४ बर्षिय चन्द्र बहादुर बस्नेत , ८२ बर्षिय हरि बहादुर बस्नेत काजी बस्नेत निकै प्रफुल्लित् हुनु भयो ।

उक्त कार्यक्रममा भाग लिन संखुवा सभा बाट उपस्थित भएकोमा लेखक स्वयम् निकै प्रफुल्लित थिइन् । आफु समय मिलाएर केहि महिना पछि योगमायाको जन्मथलो स्थल सम्म पनि पुग्ने योजना रहेको बताईन ।

प्रतिक्रिया