मेरिल्याण्ड बिद्यालयमा नरसंहार गर्ने धम्कि दिने बिद्यार्थीको घर बाट ६० वटा हातहतियार प्रहरी द्वारा फेला

इनेप्लिज २०७४ फागुन १० गते ११:५८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यका एक बिद्यालयका दुई किशोरहरुलाई प्रहरीले प्रकाउ गरेको छ । उनीहरुले आफ्नो बिद्यालयमा नरसंहार गर्ने धम्कि दिए पछि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बिद्यार्थीको घर बाट ६० वटा हातहतियार फेला परेको प्रहरीले जनाएको छ । १५ र १६ बर्षका उक्त बिधार्थीहरुलाई दक्षिण मेरिल्याण्ड बाट समातीएको हो । दुई बिधार्थीहरुले आरोप सामना गर्नु पर्ने छ भने प्रहरीलेउक्त बिध्यर्थिका पिता लाई पनि यसै सम्बन्धि आरोप लगाईएकोले उनले सहित आरोप खेप्नु पर्ने भएको छ ।

फ्लोरिडा बिद्यालयमा १७ जना बिद्यार्थीहरुको नर संहार को दुई दिन पछि मेरिल्याण्ड को लियो नार्ड टाउन हाई स्कुल मा नर संहार मच्याउने कुराकानी सुनेको कुरा सेन्ट काउन्टी प्रहरी अधिकारीले बताएका छ । गुप्त सूचना दिने का अनुसार उनीहरुले दुई किसोरले आफ्नो बिद्यालयको बसमा उक्त वार्तालाप सुनेको बताएका छन् ।

हतियार तथा यस्ता प्रकारका गतिबिधि का तस्बिरहरु एक किसोरले सामाजिक संजालमा राखेकोले उनीहरु समस्यामा पर्ने भनि प्रहरीले बताएको कुरा डब्लुटिओपी ले लेखेको छ ।

प्रतिक्रिया