सूचना, प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्छ

इनेप्लिज २०७४ फागुन ९ गते १४:१७ मा प्रकाशित

काठमाडौँ, ९ फागुन: विभिन्न राजनीतिक दलका नेताले सूचना, सञ्चार तथा प्रविधिको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा यहाँ आज आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा उहाँहरुले प्रविधिको विकास नभएसम्म मुलुकमा अन्य विकास हुन नसक्ने भएकाले प्रविधिको विकासमा बिशेष जोड दिनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आर्थिक, सामाजिक, लैंगिक वा भूगोलको आधारमा गरिने सबै प्रकारका विभेदलाई प्रविधिमार्फत अन्त्य गरिनुपर्ने बताउँदै नेपालमा सूचना र प्रविधिको विकास भइरहेको सन्दर्भमा त्यसको दुरुपयोगभन्दा पनि सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका सदस्य रामनारायण बिडाँरीले सूचना र प्रविधिको विकासमा सरकारी लागनी बढाउनुपर्छ भन्नुभयो ।

प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले प्रविधिको विकाससँगै आपारधिक क्रियाकलापसमेत बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्वले सूचना र प्रविधिमा फड्को मारेको अवस्थामा नेपालले पनि त्यसबाट सिक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया