वासु शशी सम्मान र पुरस्कारको घोषणा काठमाडौं ९ फाल्गुण, २०७४

इनेप्लिज २०७४ फागुन ९ गते १२:०७ मा प्रकाशित

वासु शशी स्मृति परिषद्को हालै वसेको बैठकले वरिष्ठ कवि एवं आख्यानकार कृष्ण जोशीलाई “वासु शशी साहित्य सम्मान–२०७३” र वरिष्ठ साहित्यकार रमा शर्मालाई “वासु शशी साहित्य सम्मान–२०७४” प्रदान गर्ने भएको छ ।
कवि जोशीका विगत पाँच दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्यक्षेत्रमा निरन्तर योगदान दिंदै आउनु भएको छ । उहा“का उपन्यास ‘मृत्यु दोहोरिन्छ म बाँचे भने–(२०१९), सार्वजनिक प्रशासन आधुनिक अध्ययन (२०३६), विसङ्गत स्वरहरू (गीति–कवितासङ्ग्रह–२०३६), असम्मत सम्मत (उपन्यास–२०५१), पोखरी भित्रको शताव्दी (कवितासङ्ग्रह–२०५१), काठमाडौं वरिपरि (उपन्यास–२०५६), आगो समुन्द्रः पानी समुन्द्र (कवितासङ्ग्रह–२०५८), चित्रदंश (कवितासङ्ग्रह–२०५४) ज्यामीपत्नीको घोषणा (कवितासङ्ग्रह–२०६९) इभिनिङ ड्युटि (कवितासङ्ग्रह–२०७४), एक दर्जन सम्पादन सहित झण्डै दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उहा“ विभिन्न साहित्यिक सम्मान ुव्यथित काव्य पुरस्कार–२०५९, वगर पाउन्डेशन सम्मान–२०६१, भोजपुरे सेवा समाजबाट साहित्य सम्मान–२०६२, महाकवि देवकोटा शताव्दी सम्मान–२०६६, बेलायत प्रतिभा सम्मान–२०६६, भानुभक्त पुरस्कार–२०७१, समी साहित्य साधना पुरस्कार–२०७२, लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
परिषद्ले यस बर्षको “वासु शशी साहित्य सम्मान–२०७४” वरिष्ठ साहित्यकार रमा शर्मालाई प्रदान गर्ने भएको छ । साहित्यकार शर्माले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर योगदान दिंदै आउनु भएको छ । उहा“का महेन्द्रमाला (भाग–२, २०२९), केही चिन्तन (समालोचनासङ्ग्रह–२०४८), मोतीराम परिक्रमा (२०५०), भावनाका थुँगाहरू (२०६२) र झण्डै डेढ दर्जन साहित्यिक कृति सम्पादन सहित प्रकाशित छन् भने उहाँ रत्न विद्या पदक–२०१८, नेपाली शिक्षा परिषदबाट रजत पदक–२०२२,रत्नश्री स्वर्ण पदक–२०२७, झपट पुरस्कार–२०४६, लोकप्रियादेवी पुरस्कार–२०५०, अन्य दीर्घ सेवा पदक, रजत पदक, प्रसंशा पत्र, लगायत साहित्यिक पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ ।
यस्तै कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई “वासु शशी साहित्य पुरस्कार–२०७३” र साहित्यकार डा. सैलेन्दुप्रकाश नेपाललाई “वासु शशी साहित्य सम्मान–२०७४” प्रदान गर्ने भएको छ ।
कवि प्रेरणा विगत चार दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्यक्षेत्रमा निरन्तर योगदान दिंदै आउनु भएको छ । उहा“का उपन्यास सुतेको समुन्द्र–(कथा सङ्ग्रह–२०३४), अन्तराल्र–(कथा सङ्ग्रह–२०४६), उत्खनन (उपन्यास–२०४६), स्वप्नकथा जारी छ (कवितासङ्ग्रह–२०४९), पाखण्डपर्व–(उपन्यास–२०५०), अचानक एक दिन (कवितासङ्ग्रह–२०५३), फेरो (यात्रा संस्मरण–२०५३), अन्तिम खाडल (उपन्यास–२०५३), मात्र एक रात (कवितासङ्ग्रह–२०५३), यात्रा अनन्त (यात्रासंस्मरण–२०५५), पाउली बुलु (निबन्धसग्रह–२०६०), गुडबाई अमेरिका(यात्रासंस्मरण–२०६२¬, गन्तव्य गणबहाल (कथासङग्रह–२०७३) र एक दर्जन सम्पादन सहित झण्डै साढे दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् भने उहाँ नारायणी वाङमय पुरस्कार–२०४६, उन्नयन पुरस्कार–२०५३, मैनाली कथा पुरस्कार–२०५३, शिवप्रसाद उन्नयन पुरस्कार–२०५३, राष्ट्रिय युवावर्ष मोती पुरस्कार–२०५३, लगायत विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ ।
साहित्यकार नेपाल विगत चार दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्यक्षेत्रमा निरन्तर योगदान दिंदै आउनु भएको छ । उहा“का प्रेमपुजा (गीति काव्य–२०२९), नमिता–सुनिता (गीति काव्य–२०४३), कल्पनाकुसुम (खण्डकाव्य–२०४४), विन्देश्वरी –खण्डकाव्य २०४१), कामना (उपन्यास–२०४१), वेदना बोल्छ (लामो कविता–२०४२), दिग्बोध (खण्डकाव्य–२०४३), जुनू (महाकाव्य–२०४८), झुल्केघाम (बालगीत–२०४९), जानकी विरह (खण्डकाव्य–२०५३), अनामिका (महाकाव्य–२०६०), अनुसन्धान र सम्पादन सहित झण्डै दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् भने उहाँ जिल्ला शिक्षा पुरस्कार–२०४९, राष्ट्रिय युवा महोत्सवमा पुरस्कृत–२०५६, कृष्णाकुमारी गुरुङ स्मृति पुरस्कार(२०५८, गेरु–अम्बिका कोईराला स्मृति पुरस्कार–२०५९, सैनध्वज नंन्दकुमारी पुरस्कार–२०६५, विभिन्न कविता निवन्ध प्रतियोगिताहरुमा पुरस्कृत, लगायत विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ ।
वासु शशी स्मृति पुरस्कारबाट कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु का“चुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा.विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन पुरस्कृत र वासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा.मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’ प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शीव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल सम्मानित भैसक्नु भएको छ ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले साहित्यकार जोशी, शर्मा, प्रेरणा र नेपाललाई सर्वसम्मतिले सम्मान र पुरस्कार दिने निणर्य ग¥यो । सम्मान र पुरस्कारको राशी रू. १५०००।– (पन्ध्र हजार) रहेको छ, उक्त सम्मान वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले वताउनु भयो ।

प्रतिक्रिया