प्रदेशको मिसन अनुसार पत्रकारीता गर्न मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको आग्रह, के हो त मिसन ? (भिडियो)

इनेप्लिज २०७४ फागुन ७ गते १२:१३ मा प्रकाशित
प्रजातन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रदेश नंं ४का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारीतामा पनि मिसन हुनुपर्ने बताउनु भएको छ । मिसन बिना कुनै पनि काम सफल नहुने भन्दै उहाँले पत्रकारीतामा पनि मिसन हुन आवश्यक रहेको बताउनु भयो । उहाँले प्रदेशको समग्र बिकासमा संचार माध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रदेश ४ को मिसन अनुसार पत्रकारीता गर्न आग्रह गर्नुभएको हो । उहाँले प्रदेशको मिसन भनेको सुन्दर प्रदेश बनाउने भएको भन्दै पत्रकारीतालाई यो मिसनमा लैजान आग्रह गनुभयो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले सबै भन्दा बढी माया लाग्ने बस्तु आफ्नो शरिर भएको बताउँदै जीवनलाई नै बलिदान दिने सहीदहरुको सपनालाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले देशले प्रगती गर्न नसक्नुमा आत्मकेन्द्रीत सोच भएको स्पष्ट पार्नु भयो ।
देशमा बिकासको कुरा आउँदा प्रकृयाले बाधा पुर्याउँदा कतिपय योजना अलपत्र परेको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले रिजल्टमा भन्दा बढी प्रकृया र नितीमा ध्यान केन्द्रीत भएको बताउँनु भयो । जापानको उदाहरण दिदै उहाँले भन्नु भयो–‘अमेरीकाले बनाईदिएको संबिधानमा जापानले ठूलो प्रगती गर्यो हामी आफैले बनाएको संबिधान व्यवहारमा उतार्न नसक्दा पछाडी पर्यौं’ ।

प्रतिक्रिया