दर्शकको प्रतिक्रिया चलचित्र ‘कृ’ भन्दा कान्छी दोब्बर राम्रो -हेर्नुस् भिडियो।

इनेप्लिज २०७४ फागुन ७ गते १२:०५ मा प्रकाशित
पोखरा, ७ फाल्गुन । देश भरिको हलमा ७ दिनको फरकले प्रदर्शनमा आएको चलचित्रहरु ‘कृ’ र ‘कान्छी’ यति बेला प्रतिष्पर्धामा छ। दर्शकहरुले यी दुवै चलचित्र हेरी सके पछि विभिन्न खाले प्रतिक्रियाहरु दिई रहेका छन्। 
 
कोहि भन्छन चलचित्र कृ उत्कृष्ट फिल्म हो त कोहि भन्छन कान्छी उत्कृष्ट छ।  वास्तवमा यी दुवै चलचित्रले आ-आफ्नै कथा बोकेको छ। 
दुवै चलचित्रका पात्रहरुले गहिरिएरै अभिनय गरेका छन् र सामाजिक घटनालाई मज्जैले बोलेको छ। 
 
यद्धपि नायिका श्वेता खड्का र अनमोल केसी लामो विश्राम पछि चलचित्रमा फर्किएका कारण दर्शकहरुले यसलाई प्रतिष्पर्धाको नजरले पनि हेरिएको छ। 
 
हामीले चलचित्र कृ प्रदर्शनमा आए लगत्तै पोखराको विभिन्न हलहरुमा कृ बारे दर्शकहरु माझ प्रतिक्रिया लिन पुगेका थियौं। जस बाट दर्शकरुको उत्साह जनक प्रतिक्रिया पाएका थियौं। 
त्यसै गरि चलचित्र ‘कान्छी’ को बारेमा पनि दर्शकहरु बाट प्रतिक्रिया लिन वाराही चलचित्र मनिदरमा पुगेका थियौं।  
जहाँ थुप्रै दर्शकहरुले चलचित्र कृ  भन्दा कान्छी दोब्बर राम्रो रहेको प्रतिक्रिया पाएका छौं। 
 
यो भिडियो हेर्नुहोस् दर्शकको प्रतिक्रिया जस्ताको त्यस्तै। 

प्रतिक्रिया