अमेरिकाको एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न !

इनेप्लिज २०७४ फागुन ६ गते १८:४१ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको नाममा संचालित अमेरिकाको एटलान्टा स्थित कार्टर सेन्टरको निमन्त्रणामा “कन्फेरेन्स अन वुमन ट्रान्सफर्म” नामक दुईदिने कार्यक्रममा सहभागिता जनाउन नेपालदेखि एटलान्टामा भाग लिन नेपालबाट चार सदस्यीय टोली आउनुभएको थियो | उक्त टोलीमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, मानवअधिकारकर्मी एवं सञ्चारकर्मी बन्दना राणा र मानवअधिकारकर्मी सरु जोशी श्रेष्ठ सहभागी रहनु भएको थियो ।

कार्टर सेन्टरको दुई दिने सम्मेलन पछि वहाँहरुको सम्मानमा एटलान्टावासी नेपाली समुदायसंग एउटा सुमधुर भेटघाट सहित नेपालको समसामयिक स्थिति, अवस्थाका बारेमा अन्तरकृया कार्यक्रमको आयोजना भएको थियो |

कार्यक्रमको संयोजन पर्यटनदूत राजा घलेले गर्नुभएको थियो | कार्यक्रम एटलान्टाको नेपालीहरु द्वारा संचालित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले प्रवासमा रहेका सबै नेपालीहरुले राष्ट्र निमार्णमा बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउदै आएकोमा प्रशंसा गरे । नेपाल सरकारको बिभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका बाँस्कोटाले कार्यक्रममा आफुले नेतृत्व गर्दै आएको नागरिको सूचना पाउने हक र अधिकारको बारेमा प्रकास पारे ।

अधिकार तथा सञ्चारकर्मी बन्दना राणाले अधिकार एवं सञ्चारकर्मको क्रममा भोग्नु परेको समस्या र अफ्ठ्याराहरुको बारेमा अनुभव सुनाईन । राणा विगत ३ दशक भन्दा बढि समयदेखि महिला अधिकार र लैंगिक समानताको लागि बिभिन्न संघसंस्थामा क्रियाशिल रहदै आएकीछन् ।

नेपाल पत्रकार महासंघका पुर्वसभापति तारानाथ दाहालले बिदेशमा रहेका नेपालीहरुले कमाएको पैशा र सीपको सहि सदुपयोग राज्यले गर्न नसकेको भन्दै कटाक्ष गरे ।

कार्यक्रममा अधिकारकर्मी सरु जोशी श्रेष्ठले देशबाट दिनहुँ बिदेशिदै गरेको दक्ष युवाशक्तिलाई स्वोदेशमै परिचालन गर्नु पर्ने जीकिर गरिन । नेपालका शहर र गाउँहरु “ट्रुथस र युथलेस” बन्दै गएको र आफुले त्यसैमा वकालत गर्दै आएको बताउँदै श्रेष्ठले एनआरएनले बिभिन्न क्षेत्रमा गर्दै आएको व्यक्तिगत/संस्थागत लगानीको प्रशंसा गरिन ।

कार्यक्रममापर्यटनदूत राजा घलेले सहभागीहरुलाई स्वागत एवं धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा एनआरएन अमेरिका, जर्जिया च्याप्टरका अध्यक्ष सूर्य लम्साल, विश्व हिन्दु महासंघ, अमेरिकाका अध्यक्ष किरण श्रेष्ठ लगायत जर्जियामा स्थापित बिभिन्न संघ/संस्थाका प्रतिनिधी एवं अन्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया