सन्दिप खत्री
पिएनपिखबर, ४ फागुन । बढ्दो प्रविधिको नकारात्मक प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको हामी सबैलाई अवगत नै छ। पहिले सहज बनाउने यस्ता कुनै पनि प्रविधिको बिकास नहुदा समाज र संस्कृतीको अर्कै महत्व थियो तर अहिले बढ्दो बिकास संगसंगै यस्ता कुराहरुको महत्व घट्दै गएको पाइन्छ। एक ठाउँबाट अर्को ठाउँसम्म जानको लागी साधनको उपयोग गर्न नपाउदा पनि डाँडाकाँडा काटेर भएपनि गन्तव्यमा पुग्ने त्यो जमाना अहिले घरमा बसी बसी सयौ समुन्द्र पारी रहेका आफन्तसम्म सजिलै तरिकाले घरमै बसेर आमने सामने कुरा गर्न मिल्ने भइसक्यो। यो धेरै राम्रो कुरा पनि हो। सहजताले गर्दा पनि आजभोली बिश्व सानो हुँदै गएको छ तर यसका नकारात्मक पक्षले झन् ठुलो दुर्घटना निम्त्याईरहेको पनि छ। सामजिक संजालको बढ्दो प्रयोगले संसार भरी सबैलाई सजिलो त भएको छ, तर यसको दुरपयोग पनि त्यसरी नै भैरहेकोछ।
जसरी माओवादी जनयुद्धताका ‘प्रचण्डपथ’ हिट भएथ्यो आजभोली फेसबुक लाइभमा ‘साकारपथ’ हिट भैरकेको छ। विदेशमा रहेको बेला मानसिक सन्तुलन ठिक नभएको केटोले फेसबुक लाइभमा अपशब्द बोल्दा हजारौ फ्यान बटुलेको थियो आजभोली सोहि कुराको अनुशरण गर्दै फेसबुक लाइभमा मनपरी बोल्नेको जमातले ठुलै कम्युनिटी तयार परिसकेको छ। उदेक लाग्दो कुरा त के छ भने युवतीहरु समेत आफ्नो आइडी लुकाएर अश्लिल कुराकानीमा सहभागी हुने गरेका छन्। आफुआफु बीच विवाद खडा गरेर निर्दोष बाबुआमाको नाममा बोलिने यी अपशब्द के साच्चै नेपाली संस्कृति नै हो त ?
चर्चित पत्रकार रवि लामिछाने देखि अश्लिल मोडल तिर्सना बुढाथोकी समेत फेसबुक लाइभका फ्यान हुन्। आफ्नो कुरा दर्शक श्रोता माझ पुर्याउने एकदमै छिटो र भरपर्दो मध्यम बनेको फेसबुक लाइभको केहि फेसबुक ग्रुपहरुमा भने चरम दुरुपयोग हुँदै आइरहेको छ। खासगरी खाडी मुलुक दुबई, साउदी, कतार र इन्डिया जस्ता देशमा बैदेशिक रोजगारीको लागि गएका नेपालीहरुले यस्ता छाडा लाइभमा अश्लिलता छर्ने गरेको पाइएको छ।
के हो त तरकारी ग्रुप:
र्यापर साकार अधिकारीले शुरु गरेका सेक्रेट फेसबुक ग्रुप हो तरकारी ग्रुप जसको प्रमुख उदेश्य भनेको नेपहप अर्थात् नेपाली हिपहप कल्चरको बिकाश गर्नु थियो। तर आजभोली यो तरकारी ग्रुपको फेसबुक लाइभ हेर्नुभयो भने हिपहप कल्चरको बिकाश हैन नेपाली संस्कृतिको बिनाश भैरहको आभाष हुन्छ। यो ग्रुप अस्ट्रेलिया, अमेरिका र हंगकंग जस्ता बिकशित राष्ट्र पुगेका नेपालीहरु माझ पनि त्यत्तिकै परिचित छ। यदि तपाईं ग्रुपको मेम्बर हुनुहुन्छ भने तपाईं स्वत: आफ्नो भिडियो लाइभ गर्न सक्नुहुनेछ।
सामाजीक संजालमा जुन कुरा प्रसारित वा सेयर गर्दै छौ त्यसको दुष्परिणामको पनि हेक्का राख्नु जरुरी भएको छ । ‘तरकारी ग्रुप’ र साकारको नाम जोडेर सामाजिक संजालमा जति अश्लिलता फैलाउने काम भयो, त्यसो हुनु भनेको हामी सबैको लागि एकदम लज्जाको बिषय हो।
सामाजिक संजाल प्रयोग गर्दा प्रयोगकर्ताको आफ्नो दयित्व हुन्छ जुन उसले संजालको मर्यादा, काईदा र अनुशासन पालन गर्दै पूरा गर्नुपर्छ। ‘मैले त रमाइलोको लागि मात्र गरेको हो खोइ मलाई त थाहा छैन’ भन्नुपुर्व यस्तोखालको अश्लिल प्रवृत्तिले भरपुर र आफ्नो दाजुभाई दिदिबहिनि, परिवार, समाज अनि सिंगो मुलुकलाई अश्लिलतातर्फ उन्मुख गराउन सहयोग गर्ने अपराधिक मानसिकता त्याग्न सके देशको लागि ठुलो गुण लगाउनुहुनेछ ।
हेर्नुहोस् भिडियो :
प्रतिक्रिया