स्वर्ण पदक बिजेता किशोरी माथि रेडियो प्रस्तोताले अस्लिल टिप्पणी गर्दा जागिर चैट

इनेप्लिज २०७४ फागुन ४ गते ११:५२ मा प्रकाशित

कोरियामा भै रहेको हिउदे ओलम्पिकमा अमेरिकाको प्रतिनिधित्व गर्दै स्वर्ण पदक बिजेता किशोरी माथि रेडियो प्रस्तोताले अस्लिल टिप्पणी गर्दा जागिर चैट भएको छ l १७ बर्षिय कोई किम प्रति यता अमेरिकाको सन् फ्रानसिस्को बे क्षेत्र का रेडियो स्टेसनका रेडियो संचालक को जागिर गएको छ l

स्नो बोर्डर खेलमा ओलम्पिक बिजेता किशोरी ले किम माथि उनले अस्लिल गरे पछि नोकरी बाट हात हुनु परेको कार्यक्रम निर्देशकले जनाएका छन l केएनबिआर नामक एएम रेडियो का जेरेमिया क्रो ले गत बुधबार रेडियो प्रस्तोता प्याट्रिक कनरलाई बर्खास्त गरेको उल्लेख गरेका छन् l

उनले गत मंगलबार सिरीएस एक्सएम को बार्ट्सटुल स्पोर्ट्स नेटवर्क मा कनरले ” फाइन एण्ड हेल ” सहित अन्य अस्लिल टिप्पणी गरेका थिए l कनरले सामाजीक संजाल ट्वी टर मा क्षमा याचना माग्दै अनुचित भएको लेखेको कुरा डब्लुटिओपी मा समाचार छ l

प्रतिक्रिया