आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने.संसारभरका ज्योतिषले गरे कहालीलाग्दो भविष्यवाणी(भिडियो)

इनेप्लिज २०७४ फागुन ३ गते २३:४१ मा प्रकाशित
बुधबार आज बिहान ग्रस्तोदिन खन्डग्रास सूर्य ग्रहण परेको ज्योतिषहरुले बताएका छन् । यो बेला ठूला ठूला घटना दुर्घटना हुनसक्ने उनीहरुले चेतावनी समेत दिएका छन् । यसलाई काठमाडौंको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देख्न सकिने बताइएको छ ।
चर्चित ज्योतिष सुनील सिटौलाले ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिने बताए ।
ज्योतिष अनुसार  आज फागुन कृष्ण औसी तिथि ८ बजेर ६ मिनेट सम्म रहेको छ । त्यस पछी फाल्गुन सुक्ल प्रतिपदा लाग्ने छ । सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ ।
प्रचलित ज्योतिष अनुसार ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ । जसलाई आधार बनाएर फल बताउँदा पूर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तिहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ । यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नुपर्छ ।
तपाईलाई विश्वास गर्ने पनि गारो हुने छ किनकी संसारभरका ज्योतिषले भोलीको दिनको असर कहालीलाग्दो हुने भविष्यवाणी सहित सावधानी अपनाउन अपील गरेका छन.के हुने छ त खन्डग्रास सूर्य ग्रहण असर?? किन संसार भरका ज्योतिषहरुले यस्तो भन्दै छन् त??
यो भिडियो रिपोर्टमा हेर्नुहोस यस्तो छ वास्तविकता

https://www.youtube.com/watch?v=TXdS5zaQQU8

प्रतिक्रिया