मेरिल्याण्डका ज्ञान प्रसाद रिमाल नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पदमा नियुक्त

इनेप्लिज २०७४ फागुन २ गते १०:४५ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका व्यवसायी ज्ञान प्रसाद रिमाल नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि पदमा नियुक्त भएका छन् l

सन् १९८३ देखि नै होटल व्यवसाय ,ट्रेकिङ्ग (पैदल यात्रा) तथा ट्राभल्स व्यवसाय (यात्रा अभिकर्ता )मा संलग्न रहेका रिमालको पर्यटन  व्यवसायमा लामो अनुभव रहेकोले पर्यटन बोर्डले रिमाललाई दुई  बर्षको लागि नियुक्त गरेको हो l

पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि रिमाललाई गत जनवरी २४ ,२०१८ तारिख देखि लागू हुने गरि मेरिल्याण्ड राज्यको लागि जनवरी २३ ,२०२० सम्म को लागि नियुक्त गरेको हो l नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी दिपक राज जोशीले उनलाई मेरिल्याण्डको लागि नियुक्त गरेको उल्लेख गरेको छ l

अमेरिकामा नेपाल पर्यटन बोर्डले करिव एक दर्जन भन्दा ज्यादा अवैतनिक मानार्थ प्रतिनिधिहरु नियुक्त बिभिन्न राज्यहरुमा नियुक्त गरि सकेको छ l

अमेरिकाको मेरील्याण्ड राज्यमा रिमालका आधा दर्जन व्यवसायहरु संचालनमा रहेका छन् l उनका सबवे चमेना गृह ,गहना पसल ,संचार माध्यमका उपकरण/यन्त्र ( सेलफोन ) पसल ,७ -११ इन्धन चौकी आदि रहेका छन् l उनि गैर आवासीय नेपाली संघका सदस्यको साथै बानाको सन् २०१५ -२०१७ का सल्लाहकार पनि रहेका थिए l

पुर्खौली घर धादिङ्ग भएका रिमाल नेपालका विभिन्न संघ/संस्था संग आबद्ध रहेका थिए l बाणिज्यमा अध्ययन गरेका रिमाल  नेपाल फुटबल संघको केन्द्रिय सदस्य तथा गणेश हिमाल ट्रेकिंग का प्रबन्ध निर्देशक समेत रहेका थिए l

उनि धादिंग मा बिक्रम सम्बत २०४८ देखि २०५१ सालमा भएको निर्वाचनमा धादिङ्ग विकास समितिको निर्वाचनमा उप सभापति समेत निर्वाचित भएका थिए l मेरिल्याण्ड राज्यमा रहेको उनको व्यवसाय पुरस्कृत समेत भएको छ l

मेरिल्याण्डको लागि आफूलाई पर्यटन बोर्डले मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्त गरेकोमा पर्यटन बोर्डलाई कृतज्ञता ज्ञापन गरेका छन् l रिमालले ईनेप्लिज संग कुरा गर्दै भने आफू यसै क्षेत्रमा लामो सम्म काम गरेको तथा अनुभव रहेकोले आफूले पर्यटन भित्र्याउन हरसम्भव कोसिस गर्ने बताए l अझ केही काम गर्नु पर्ने र थप जिम्मेबारी बढेको रिमाल बताउदछन  l

रिमालले अगाडी  भने पर्यटन बोर्डले गरेको विश्वासलाई ईमान्दारिताको साथ काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

 

प्रतिक्रिया