राजनीतिक पहुचमा वडाअधक्ष्यले पशुपतिनाथ परिसरमा टेन्डर आव्हान बिनानै महोत्सब गराउदै

इनेप्लिज २०७४ फागुन १ गते २२:०८ मा प्रकाशित

काठमाडौँ : बिगत बर्षौ देखि पशुपतिनाथ परिसरमा शिवरात्री देखि अन्य चाडपर्बको समयमा मेला महोत्सवब हुदै आएको छ l यसपाली पनि हिन्दुहरुको महान पर्ब शिवरात्रिमा पशुपतिनाथमा शिवरात्री मेला महोत्सब हुने निश्चित भएको छ l बिगतका बर्षहरुमा उक्त मेला महोत्सब गर्नको लागि पशुपति क्षेत्र बिकाश कोषले टेन्डर आव्हान गरेर पशुपति बिकाश कोषमा राजस्व बुजाएर मात्र महोत्सब गरिदै आएको सर्बबिधितै छ l

बिगत पाँच बर्ष देखि ठेक्का आव्हान गरेर मेला आयोजना गरि पशुपति बिकाश कोषमा करिब १८,५०,००० (अठार लाख पचास हजार) र कर सहित २१,५०,००० (एक्काईस लाख पचास हजार) राजस्व संकलन हुदै आएको महोत्सब यस बर्ष भने जन प्रतिनिधि वडा अधक्ष्यको राजनीति शक्तिको आड र पहलमा स्थानिय आफन्त पर्नेलाइ एकलौटी रुपमा बाटोमा र अन्य ठाउमा मेला आयोजना गर्न दिएको कुरा बाहिरिएको छ l

वडा अधक्ष्य दिनेश कुमार ढंगोलले पशुपति क्षेत्र बिकाश कोषको कर्मचारीलाई समेत प्रभावित पारेर नाता पर्ने आफन्तलाइ एकलौटी रुपमा टेन्डर आव्हान नगरी मेला आयोजना गर्न वडा कार्यालय बाट सिफारिस दिएर मेला आयोजना गर्न दिएको जानकारहरुको गुनासो रहेको छ l जसले गर्दा पशुपतिनाथ क्षेत्र बिकाश कोषले संकलन गर्दै आएको रकम समेत आर्थिक रुपमा घाटा व्यहोर्दै राज्यले समेत घाट व्यहोर्नु परेको छ l मुलुक लोकतन्त्र पद्दति बाट प्रदेश राज्यमा गएको बेला जन प्रतिनिधिहरु बाट नै अपारदर्शिता अपनाएर टेन्डर आव्हान नगरी एकलौटी रुपमा महोत्सब आयोजना गर्न दिनु भनेको प्रजातान्त्रिक पद्दतिको खिल्ली उडाएको भान हुन्छ l जन प्रतिनिधि आफैले यस्तो कार्य गर्दा अथवा पैसा र शक्तिको र आफन्तको प्रभाब र प्रलोभनमा परेर यस्तो कार्य गर्दा जनताको बिश्वास जन प्रतिनिधि बाट हट्ने स्थानिय बासिन्दाको भनाइ रहेको छ l

राजनीतिक शक्तिको आडमा आफन्तलाइ यसरि टेन्डर आव्हाननै नगरी मेला महोत्सब गर्न दिदा पशुपति क्षेत्र बिकाश कोषका नब नियुक्त सदस्य सचिब प्रदिप ढकाल समेत मौन रहेको बुझिन आएको छ भने अन्य सम्बन्धित निकाय मौन रहनुलाई सर्ब साधारणहरुले कुन रुपमा लिने तथा जनप्रतिनिधिहरुलाई कसरि बिस्वास गर्ने भन्ने प्रश्न खडा भएको छ l

यस बिषयलाई समयमानै सम्बन्धित निकायले खोतल्नु पर्ने तथा सम्बन्धित सरोकारहरुले आवाज उठाएर खोजि कार्य गर्न आबश्यक रहेको छ l

प्रतिक्रिया