न्युह्याम्सायर, अमेरिकामा दोस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन आयोजना हुने

इनेप्लिज २०७४ फागुन १ गते ११:१४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन यही मे ११ देखि १३, २०१८ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्सायर च्याप्टरको संयोजकत्वमा न्युह्याम्सायरमा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको आयोजनामा न्युह्याम्सायर, अमेरिकामा आयोजना हुने भएको छ  । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्सायर च्याप्टरको अनुरोधमा केन्द्रीय कार्य समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

सो सम्मेलनमा अमेरिका लगायत विश्वभर रहेका अनेसासका च्याप्टरहरुबाट सहभागिता रहने र सम्मेलनमा दुइ बर्षको अबधिमा सर्बोत्कृष्ट कार्य गर्ने च्याप्टरलाई अनेसास रामलामा अनेसास सर्बोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिने, अनेसासका च्याप्टरहरुबाट सम्पादित गतिविधिहरुको प्रगति प्रतिबेदन प्रस्तुत गरिने, अनेसासको संस्थागत विकासका सम्बन्धमा छलफल गरिने, अनेसास च्याप्टर पदाधिकारीहरुको नेतृत्व विकासका सम्बन्धमा छलफल गरिने, अनेसासको विधानमा रहेका च्याप्टरसम्बन्धी ब्यबस्थाहरुको बारेमा छलफल गरिने र विश्व काब्य गोष्ठीको आयोजना गरिनेछ । यस अघि प्रथम अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस् एन्जेलस् च्याप्टरको आयोजनामा मे, २०१६ मा सम्पन्न भएको थियो । यस सम्मेलनको आयोजनाबाट अनेसासको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया