रमेश बाबुको सृजनामा सुदिप पाण्डे र राजु दुलालको “रैछु अभागी” बजारमा (भिडियो सहित)

इनेप्लिज २०७४ माघ २६ गते ११:५५ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । गुल्मी जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल रमेश बाबुको शब्द सृजनाले बुनिएको एक मर्मस्पर्सी लोक दोहोरी गीत “रैछु अभागी”भर्खरै बजारमा आएको छ । उनले यस अगी जातीय भेदभाव बिरुद्धको आवाज जातै सर्छ कि,”स्वर्ग जस्तो, लगाएत दर्जनौ गीत बाट आफ्नो गीत लेखन यात्रालाई मझबुद बनाइसकेका छन् । यस लगत्तै भर्खरै बजारमा आएको सुदिप पाण्डे र राजु दुलालको संयुक्त प्रस्तुतिमा पनि आफ्ना सिर्जना पस्किन पाउँदा रमेश मख्ख रहेका छन् ।

गणेश परियारको लय सृजनाले सजिएको प्रस्तुत गीतमा कुलेन्द्र बिस्वकर्मा राजु दुलाल र शान्ता परियारको सुमधुर स्वर रहेको छ । जन्मे पछी मृत्यु निश्चित छ, तर कुनै कारण जिबनमा हार खानु पर्ने स्थिति आए पछी आफुलाई अभागी महसुस गरिएको वियोगान्त भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा नुवाकोट जिल्लाको ढिकुरेमा जन्मिएका प्रतिभावान कलाकार सुदिप पाण्डेको जिबन्त अभिनय रहेको छ । उनि द्वारा अभिनित यो पहिलो म्युजिक भिडियो भएता पनि निकै निखारिएका मोडलको रुपमा बुझ्न सकिन्छ । मोडल सुदिपलाई टिना श्रेष्ठले अभिनयमा साथ दिएकी छिन् ।

सिर्जना डिजिटल प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन प्रविन भट्टले गरेका छन् । हामी यस गीत र यस गीतको म्युजिक भिडियो संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

प्रतिक्रिया