सरावगीलेले गरे प्रदेश नम्बर १ को पहिलो बैठकको अध्यक्षता

इनेप्लिज २०७४ माघ २२ गते १०:५९ मा प्रकाशित

विराटनगर, माघ २२ । प्रदेश नम्बर १ को पहिलो बैठक विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा हलमा बसिरहेको छ ।

७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले पहिलो बैठकको अध्यक्षता गरेका छन् । प्रदेश नम्बर १ मा ९३ जना सांसद छन् ।

प्रदेशसभाको पहिलो बैठकले अन्तरिम कार्यविधी पारित गर्ने, सभामुख र उप–सभामुखको निर्वाचनको मिति तोक्नेलगायतका कार्यसूची तय भएको छ । सभामुखको चयन भने माघ २९ गते गरिने सहमति गरिएको छ ।

बैठकमा ७ जना सांसदले सम्बोधन गर्दैछन् । यसअघि प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभाको बैठक हिजो तथा गत १८ गते प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक भएको थियो ।

प्रतिक्रिया