हराएका जोन तामाङ ६ दिनपछि यस्तो अवस्थामा भेटिएका थिए

इनेप्लिज २०७४ माघ १८ गते ११:४४ मा प्रकाशित

काठमाडौं । स्कुलका शिक्षक र साथीसहित हाइकिङ गएका १७ बर्षीय जोन तामाङ ६ दिनदेखि हराइरहेको खबर पाएपछि ‘रेस्क्यू थ्री साउथ एसिया’का १८ जना उद्धारकर्तासँगै क्षेत्रीय निर्देशक चन्द्र आले बुधबार बिहन फूलचोकीको डाँडामा पुगे । सकुशल उद्धार गर्न सकिए हुन्थ्यो भन्ने मनमा गहिरो चाहना र अठोटसहित चन्द्र र उनको टिमले बुधबार विहानैदेखि जंगल चाहार्न सुरु गर्यो। 

जोनलाई सकुशन उद्धार गर्न सकिएला ? चन्द्र आशावादी थिए तर पूर्ण विश्वस्त हुन कठिन थियो । किनकि जोन हराएको छैठौं दिनमा उनी खोजीका लागि जाँदै थिए । बिहानदेखि सुरु भएको खोजी अभियान जारी थियो । उनका साथीहरु डाँडाका विभिन्न स्थानमा छरिएका थिए । प्रहरी र सेनाले खोजी गरिसकेको क्षेत्र छाडेर नयाँ ठाउँमा टोली परिचालित भयो । चन्द्र र उनको १८ जनाको टिम जोनको कुनै संकेत पाउने आशामा डाँडाका कठिन पखेराहरु छिचोल्दै थिए ।

मध्य दिउँसो भइसकेको थियो । अचानक उनका आँखा एउटा आकृतिमा पर्यो । मानवजस्तै देखिने आकृति देखेपछि उनी नजिकै गए । त्यहाँ एक किशोर लडिरहेका थिए । आफूलाई बताइएको जोनको हुलियासँग ती किशोरको हुलिया मिलेपछि चन्द्रले बोलाए ‘जोन…’ किशोरको शरीरमा हलचल भयो । सँगसँगै चन्द्रको मनमा खुसीको संचार भयो – उनी जीवीतै रहेछन् ।

झाडी पन्छाउँदै चन्द्र नजिकै पुगे । जोनले विस्तारै आँखा खोले र भने ‘पानी…’। चन्द्रले उनलाई अंगालो हाले । अनकण्टार जंगलमा जीवनका लागि मृत्युसँग संघर्ष गर्दै रहेका जोन एक्कासी भक्कानिए । चन्द्रले उनलाई सान्त्वना दिए । पानी र बिस्कुट दिए । वायरलेस सेट निकाले र आफ्नो साथीहरुलाई खबर गरे ‘जोन इज सेफ…।’

भेटिएको ठाउँबाट बोकेर तल ल्याउन करिव ४ घण्टा लाग्यो ।जोनलाई अहिले बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ ।

चन्द्र आले र उनको रेस्क्यु टिमसँग गरिएको भिडियो संवाद प्रतिक्षा गर्नुहोस्। कस्तो अवस्थामा भेटिएका थिए जोन

हेर्नुहोस् तलको भिडियोमा-

https://www.youtube.com/watch?time_continue=1&v=fYFf-iKIjTQ

प्रतिक्रिया