नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको मासिक साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ माघ १८ गते २:०४ मा प्रकाशित

माेरिसभिल, नर्थ क्यारोलाइना – नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले विगत ५ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको मासिक साहित्यिक कार्यक्रमको पछिल्लो संस्करण गत शनिवार नर्थ क्यारोलाइनाको माेरिसभिल मा सम्पन्न गरेको छ l

नेपाली साहित्य का लागि वहुआयामिक ब्यक्तित्व प्रा डा अभि सुवेदी बारे विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा समाजका महा सचिव शिखर दुलालले डा सुवेदी सम्बन्धी अनुसन्धान संकलन स्लाइडमा प्रस्तुत गर्नुभएको थियो भने अन्य सहभागीहरुले डा सुवेदीका अन्य पाटाबारे आफ्नो जानकारी प्रस्तुत गरेका थिए।

सार्क लिटरेरी एवार्ड २०१०
युगकवि सिद्धिचरण पुरस्कार : युगकवि सिद्धिचरण प्रतिष्ठान ले प्रदान गरिने !
डबली पुरस्कार २००२ पुरस्कार हासिल गर्न

सफल नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि सुवेदिकाे स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ ।

करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर रहेकाे र अङ्ग्रेजी मा पुस्तक प्रकासन सनालाेचना एव अनुवाद समेत गरि नेपाली भाषालाइ विश्व बजारमा समेत लैजान अनवरत रुपमा लागिरहनु भएको निष्कर्ष प्रस्तुत गर्दै सचिव दुलालले डा सुवेदीको जीवनबाट हामीले धेरै कुरा सिक्न सकिने राय व्यक्त गर्नुभयो। कार्यक्रममा समाजका सल्लाहकारद्वय डा. हरिहर भट्टराईले डा सुवेदी सँगको आ-आफ्नो व्यक्तिगत एवं कार्यगत अनुभव बाड्नु भएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा कविहरु क्रमशः शिखर दुलाल, ऋषि बस्ताकोटी, शिशिर खनाल, बिक्रम गौतम, शुवास ढकाल , गिता वस्नेत , मनोज प्रधान, र नम्रता गुरागाईंले आ-आफना कविताहरु सुनाउनु भएको थियो । कविता वाचनपछि सहभागीहरुले फोनमार्फत् काठमाडौँ रहनुभएका प्रा डा अभि सुवेदीसंग प्रत्यक्ष कुराकानी गरेका थिए। कुराकानीको क्रममा सुवेदीले आफ्नो रिटायर्ड जीवन र गतिसिल लेखनका बारे जानकारी गराउनुका साथै सहभागीहरुका अन्य जिज्ञासा मेट्नुभएको थियो। छलफलका क्रममा उहाले हाईकु लेखन र यस्काे ईतिहास बताउदै आफूलाई पनि हाईकु र नाटक लेखन मा रुचि रहेकाे बताउनु भयाे l

साहित्य सिर्जना क्रममा देश विदेशका अनुभवहरु सुनाउंदै उहाले उमेरले भन्दा पनि दृष्टिकोण र लगनशीलताले मानिसलाई परिणाममुखी बनाउने बताउनुभएको थियो।

प्रवासमा रहेका नेपालीले नेपाली संस्कृति र साहित्यको सम्वर्धनमा के गर्न सकिन्छ भन्ने प्रश्नको जवाफमा सुवेदिले भन्नुभयो, “स्तरीय अनुवाद गरेर नेपाली साहित्यले बाहिरको जगत्लाई सम्प्रेषण गर्न सके हाम्राे पहिचान संसारमा वाट्न सकिन्छ ! प्रवासमा रहेका नेपालीले नेपाली साहित्यको अनुवादमा जोड दिनुपर्छ र नेपाली अंग्रेजी भाषामै हाम्राे साहित्य सिर्जना गर्नुपर्छ तबमात्र विश्वले नेपाली साहित्य का बारेमा जानकारी पाउँछ।” त्यस्तै विदेशमा रहेका नेपालीले आफ्ना छोराछोरीलाई नेपाली साहित्य र संस्कृतिको बारेमा जानकारी गराएर थप प्रेरणा प्रदान गर्नुपर्ने समेत बताउनु भयो।

टेलिफाेन बार्तामा मनोज प्रधान, ऋषि बस्ताकोटी, शिखर दूलाल, नम्रता गुरागाई , शिसिर खनाल र विक्रम गाैतम लगायतले उहासंग साहित्य र व्यक्तिगत जीवनका विविध पाटाबारे आ- आफ्ना जिज्ञाशा राख्नुभएको थियो l

टेलिफाेन बार्ताकै क्रममा आफ्ना सहपाठी डा हरिहर भट्टराई संग भेट गर्दा डा सुवेदी ले खुशी हुँदै विगतकाे वेलाका यादहरु संझाउनु भएकाे थियाे l यसैगरि आफ्नी विध्यार्थी नम्रता गुरागाई लाई टेलिफाेनमा भेट्दा खुशि ब्यक्त गर्दै त्याे वेला वहाहरुले गरेकाे नारी भेला र कार्यक्रम का वारेमा कुरा कानि गर्नु भएकाे थियाे l

कार्यक्रमको अन्त्यमा संस्थाका सचिव शिखर दुलाल ले डा सुवेदी लाइ समय दिनु भएकाे मा धन्यबाद दिनु भएकाे थियाे भने प्रा डा सुवेदी ले पनि खुशि ब्यक्त गर्दै नर्थ क्याराेलाईना नेपाली साहित्य समाजले यश प्रकारकाे नयाँ कार्यक्रम गरेकाे र आफुलाई छनाेट गरि आफ्ना कुरा राख्न बन्दाेबस्ताे गरेकाेमा हार्दिक धन्यवाद दिनु भइ कार्यक्रम काे अन्तमा आफ्नाे कविता सुनाउनु भएकाे थियाे l

( नर्थ क्याराेलाइना नेपाली साहित्य समाज : अमेरिका )

प्रतिक्रिया