फोटो पठाउनुस् पुरस्कार जित्नुस, यस्तो छ अन्य अफरहरु
इनेप्लिज
२०७४ माघ १७ गते १२:२८ मा प्रकाशित
ईटहरी/ प्रेमलाई प्रगाढ र परिचित बनाउदै प्रेम दिवस पारिवारिक माहौलमा पनि मनाउनु पर्छ भन्ने उद्देश्यका साथ डिथ्री अनलाईन ‘डिथ्री प्रोडक्सन नेपाल, ईटहरी’ को आयोजनामा ‘भ्यालेन्टाईन फोटो कम्पिटिसन’ को आयोजना राखेको छ ।आउदो २२ गतेसम्म लाई ईछुकहरुले फोटो पठाउनलाई समयसिमा तोकिएको छ । प्रतियोगितामा सहभागी हुनको लागि एक महिला र एक पुरुष भएको तस्बिर पठाउनु पर्नेछ ।
एक प्रेमी प्रेमिका देखि लिएर दाजु-बहिनी, दिदी-भाइ, बुवा-आमा, साथी-साथी लगायतका सम्बन्धका तस्बिरलाई पनि सहभागी गराईने छ । तस्बिरमा २ भन्दा बढी ब्यक्ति भएमा प्रतियोगिताको लागि मान्य हुनेछैन भने १ जना मात्र भएको तस्बिरलाई पनि प्रतियोगितामा सहभागी गराईने छैन । प्राप्त सम्पुर्ण तस्बिरहरुलाई माघ २३ गते फेसबुक पेज ‘DThree Online’ मार्फत सार्बजनिक गरिनेछ ।
तस्बिर सार्बजनिक पश्चात् तस्बिरमा आएको सबैभन्दा धेरै लाईकको आधारमा बिजेता घोषणा गरिनेछ । बिजेताको नाम १५ फेब्रुअरीमा ‘डिथ्री अनलाईन’ बाटै सार्बजनिक गरिनेछ । बिजेताले आकर्षक पुरस्कार संगै कभर गायनमा चर्चित बनेका गायक पल लिम्बू संग पारिवारिक भेटघाट र सेल्फी खिच्ने मौका प्रदान गरिनेछ ।
यो प्रतियोगिताको बिजेता जोडिले प्रोफेसनल फोटोसुटको पनि मौका पाउनेछन् । फोटोशुट गरिएका उक्त तस्बिरहरूलाई अनलाइन तथा पत्रीकामा प्रकासन समेत गरिनेछ । यस प्रतियोगितालाई पुर्वेली न्युज, बार्दली क्रीयशन, सुबर्ण फोटोग्राफी, नवीन कस्मेटिक ‘आस्थाबेरी’, ईटहरी, पन्चकोशी साप्ताहिक र पशुपति गोल्ड एण्ड सिल्भर ज्वेलर्स, ईटहरीले सहयोग गरेको छ ।
प्रतिक्रिया