कोलोराडोमा म्युजिक भिडियो को छायाँकन सम्पन्न

इनेप्लिज २०७४ माघ १७ गते १:५० मा प्रकाशित

विजय थापा ,अमेरिकाको कोलोराडो डेनभर को विभिन्न शहरमा कोलोराडोमा म्युजिक भिडियो को छायाँकन सम्पन्न भएको छ l उक्त संगीत भिडियो (श्रब्य दृश्य )को निर्देशन सुरेन्द्र मान सिंह तथा केदार उप्रेती ले सयुक्त रुपमा गरेका हुन्  l शब्द तथा संगीत मधुकर लोहनी को रहेको छ l

उक्त गीतमा स्वर मनोज राईले गरेका छन् l अभिनय गर्ने कलाकारहरुमा नायक नवराज श्रेष्ठ ,नायिका बिनिता बराल ,अमेरिकन नमुना एलेसिक्स तथा केदार उप्रेती रहेका छन् l

यसको सार्बजनिक नेपालमा भब्य कार्यक्रमका बीच गरिने छ l भिडियो को सम्पूर्ण छायांकन कोलोराडो को विभिन्न शहरमा गरिएको हो l यो संगीत भिडियो को छयांकन गर्ने क्रममा मौसम माइनस १८ डिग्री सेल्सिएस को अवस्थामा गरिएकोले यो छायांकन अविस्मरणीय रहेको कलाकार तथा नायक नवराज श्रेष्ठले ईनेप्लिज लाई बताए l

प्रतिक्रिया