पुस्कर पन्त को नया नेपाली आधुनिक गीत “जौ न पोखरा ” को भिडियो सार्वजनिक

इनेप्लिज २०७४ माघ १४ गते १२:४५ मा प्रकाशित

जनवरी १८, अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कलाकार पुस्कर पन्तको नया नेपाली आधुनिक गीत “जौ न पोखरा ” को संगीत भिडियो सार्वजनिक भएको छ l

उक्त गीतको भिडियो काठमाडौँमा छायाँकन गरिएको हो भने कलाकार पुस्कर पन्त स्वयम् नेपाल केही समयको लागि नेपाल पुगेका छन् l उक्त गीत जनवरी २८ तारिखमा यूट्युब मार्फत आएको छ भने उक्त गीत पुस्कर पन्तको शब्द रहेको छ l मेलिना राई तथा प्रहलाद तिमिल्सिना स्वरमा बसन्त सापकोटाले संगीत दिएका छन् l

एक्सन मिडियाले तयार परेको उक्त भिडियो को निर्देशन शेर बहादुर डिसीले गरेका छन् l उक्त संगीत श्रव्य दृश्य (भिडियो ) का सिनेमेटो ग्राफर (चलचित्र कार ) अजय रेग्मीको रहेको छ l

कलाकार पुस्कर पन्त स्वयम् तथा नमुना शिल्पा पोख्रेलले अभिनय गरेकी छिन् l

https://www.youtube.com/watch?v=qW80LS97yeo&feature=share

प्रतिक्रिया