काठमाण्डौ : विगत सातवर्ष देखी बच्चाहरुको क्षमताअभिवृद्धि गर्ने उद्देश्यले लिटिल च्याम्पको आयोजना गर्दै आइरहेको मर्निङ् ग्लोरी इन्टरटेन्टमेन्टले यहि माघ १७ गते राजधानिको आर्मी अफिसर्स क्लवमा लिटिल च्याम्प र टिन स्टार २०१८ को आयोजनागर्ने भएको छ । हरेक बर्ष तीज फेसन शो र दशंै फेसन शोका साथै लिटिल च्याम्प र टिन स्टार गर्दै आएको यो संस्था सामाजिक काममा पनि उतिकै सक्रिय रहदै आएको छ । मर्निङ्ग ग्लोरीकी निर्देशक मोहना क्षेत्री भन्छिन् यस पटकको लिटिल च्याम्पमा टिनएजहरुलाई समेत समेटेर तिन समुहमा विभाजन गरेर कार्यक्रमको आयोजना गर्दै छौ ।
जुन कार्यक्रममा ५ देखी ७ वर्ष, ८ देखी १२ वर्ष र १३ देखी १९ वर्ष सम्मका फरक फरक उमेरका ५५ प्रतियोगिहरु सहभागी भएकाले कार्यक्रम पनि केहि फरक रहने मोहना बताउँछिन् । माघको १३ गते प्रतियोगीहरु ट्यालेन्ट राउण्डमा आफ्नो कला प्रस्तुत गर्नेछन् भने प्रतियोगिताको फाइनल माघ १७ गते आर्मी क्लब भद्रकालीमा हुने निश्चत भएको छ । विगत केहि दिन देखि विशाल वजारको सासा ब्याङ्क्वेटमा तालिम सञ्चालन भइरहेको छ । आयोजक संस्था मर्निङ् ग्लोरी इन्टरटेन्टमेन्टले प्रतियोगीलाई ट्राफिक नियमको लागि ललितपुरमा जनचेतनामुलक कार्यक्रम गरेको थियो भने सामाजिक कार्य अन्तर्गत वृद्धाआश्रमा भ्रमण गर्ने भएको छ । आयोजक संस्थाले फाइनल राउण्डमा बच्चाहरुको परिचयात्मक राउण्ड, सामुहिक नृत्य, सिङ्गल नृत्य, गायन जस्ता कुराहरु देखाउने छन् । फाइनल राउण्डमा जित्नेहरु प्रत्येक उमेर समूहबट ३÷३ जना बिजेताहरु इन्टरनेशनल रुपमा २१ अप्रिलमा ट्रर्की जानेछन् र त्यहाँ गएर विभिन्न देशका प्रतियोगिहरुसंग आफ्नो प्रतिभा देखाउन पाउने छन् जसलाई आर एन आर ग्रुप ले पनि सहयोग गरेको छ !
प्रतिक्रिया