काठमाडौँ: कलाकार राष्ट्रका गहना हुन, कलाकारहरुले मुलुकको प्रतिनिधित्व समेत गर्ने गर्दछन र कलाकारहरुले आफ्नो मनोरन्जनात्मक प्रस्तुति, शिप कला प्रस्तुत गरेर आम दर्शकश्रोताहरुलाई मनोरन्जन दिने गर्दछन l अझ विदेशमा बस्ने नेपालिहरुले बेला बेलामा सास्कृतिक कार्यक्रमहरु आयोजना गर्ने भएकोले कलाकारहरु तथा देशलाई नै फाइदा पुग्ने गरेको छ l तरयस्तै बीच बेला बेलामा हुने कलाकार प्रति आयोजकहरुले राख्ने कुदृष्टि र नराम्रो कुकृत्यले गर्दा कति कार्यक्रमहरुको, कलाकारहरुको तथा आयोजकहरुको बेईजत हुने गरेको पाइन्छ l अझभन्दा कलाकारहरुलाई खेलाउन सम्झिने कुनै बिसेष आयोजकको कारणले गर्दा सम्पूर्ण कार्यक्रम आयोजकहरु तथा कलाकारहरु समेतलाई सोच्न बाध्य तुल्याएको छ l
यस्तै मलेसियामा “युनिक धमाका ७” नाम दिएर हुन गईरहेको कार्यक्रममा आयोजक बाट पिडित र सेक्स ह्यारेस्मेण्ट भएको कुरा मोडल प्रमिला न्यौपानेले आफ्नो फेसबुक मार्फत खुलासागरेकी छिन l आयोजकले आफु संग कार्यक्रमको बारेमा कुरा गरेर पोस्टर समेत प्रकाशन गरेको तर आयोजक मध्ये २ जनाले सेक्सको लागि प्रस्ताब राखे पछि मोडल प्रमिला न्यौपानेले उक्तप्रस्ताब अस्विकार गरे पछि कार्यक्रम आयोजकले आफ्नो फोटो पोस्टर बाट हटाएर अर्कोनै मोडलको फोटोलाई पोस्टरमा राखेको कारणले गर्दा बाध्य भएर तथा आयोजकहरुकोकलाकारहरुलाई हेर्ने कुदृष्टि, अन्याय तथा अत्याचार बिरुद्ध आफुले आवाज उठाउनु परेको बताउछिन l कार्यक्रममा लाग्दा तथा मैले सपोर्ट गर्दा मलाइ के फाईदा हुन्छ भनि कार्यक्रमआयोजकले भन्दै सेक्स पर्पोस गरेको कुरा उनले “युनिक धमाका ७” का आयोजकको नामनै किटान गरेर बताएकी छिन l कतिपय छाडापन भएका कलाकार, कुदृष्टि राख्ने आयोजकले गर्दासम्पूर्ण सिनेजगत अर्थात मिडिया क्षेत्र बदनाम हुदै गईरहेको छ l तसर्थ पनि यस्ता कलाकार र आयोजकहरुलाई संचार माध्यम बाट तथा कानुनि माध्याम बाट नाङ्गेझार पारेर नंग्याउनु पर्नेआबश्यकता भएको छ l पिडित मोडल प्रमिला भन्छिन जब उनले आफ्नो फेसबुक मार्फत उक्त कुराको पर्दाफास गरिन तत्पश्चात आयोजकहरुले धम्कि समेत दिन थालेको दुखेसो उनिपोख्छिन l सत्य तथ्य कुरा बाहिर आएर दोषीलाई कारबाही गर्नु पर्ने र कलाकार होस् या आयोजक होस् कसैले पनि यस्तो कार्यहरु भविष्यमा नदोहर्याउन भन्नको लागि सबैजना सजक रहनुपर्ने आबस्यकता रहेको छ l
प्रतिक्रिया