गायक दिपक थापा मगरले मोडल साया भण्डारीलाई देखेर भने कति राम्री हौ भए झसङ्ग

इनेप्लिज २०७४ माघ ३ गते २३:३३ मा प्रकाशित
विराटनगर माघ ३– लोकदोहोरी क्षेत्रका चर्चित गायक दिपक थापा मगर र निशा पोखरेलको नयाँ गीत ‘कति राम्री हौ ’ को भिडियो सार्वजनिक भएको छ ।यस अगाडी पनि निकै चर्चित गीत दिएर लाखौ दर्शक तथा स्रोताको मन जित्न सफल गायक दिपक थापा मगर , नेपाली दोहोरी क्षेत्रमा निकै राम्रो सम्भावना बोकेकी गायिका निशा पोखरेलको ‘कति राम्री हौ ’ दर्शक तथा श्रोताले आफनो मनमा राख्ने गायिका निशाले बताइन । विन्दवासिनी म्युजिक प्रालीले बजारमा आजबाट ल्याएको छ ।
‘कति राम्री हौ ’ बोलको गीतको भिडियोमा साया भण्डारी, प्रेम केसी र सुमन रिजालको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई अहिलेका निकै ब्यस्त तथा चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा अजय रेग्मीको छायांकन र रमित ओलीको सम्पादन कार्य गरेका छन् ।गीतमा संगीतकार रमेश परियार र नारायण सुनारको संगीत रहेको छ । गीतलाई कपिल विसीले लेखेका हुन् ।
भिडियो तलको लिंकमा रहेको छ ।

प्रतिक्रिया