मेलिना र उत्तमको निकै मन छुने ‘तिम्रो साथ ’मा काजिश र कृष्टीको रोमान्स भिडियो सहित

इनेप्लिज २०७४ पुष २९ गते ६:०० मा प्रकाशित
पौष २८, काठमाडौं ।
विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मेलिना राई र गायक उत्तम विक्रम विष्टका आवाजमा रहेको निकै मन छुने ‘तिम्रो साथ ’बोलको गीतको अडियो तथा भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
आधुनिक विधाको गितहरु संगितीक बजारमा न्युन भै रहेको अवस्थामा सन्जु पौडेलले तिम्रो साथ चर्चित कलाकारहरुको आवाज र अभिनयमा ल्याएकी छन । जिन्दगीका दुख सुख सगै जिउने , साथ पाउदाँ एक अर्काको प्रगति र मायामा खुशीयाली वातावरण सिर्जना भएको छ । जिवनको अन्तीम पलमा पनि मायालुकै साथमा बाच्ने कसम गितमा खाइएको छ । रिसाएर पनि आफनी मायालुलाई नरिसाउन र जिवनका स्वणीम सपना सजाउन भनेका छन ।
‘तिम्रो साथ’ बोलको भिडियोमा काजिश श्रेष्ठ र कृष्टी पुन श्रेष्ठको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशक रहेको यस भिडियोमा अजय रेग्मीको छायाङ्कन रमित ओली को सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियोः

प्रतिक्रिया