फ‌सुमन र ज्योतिको मायामा को भयो “ तगारो ” हेर्नुहोस भिडियो

इनेप्लिज २०७४ पुष २८ गते ११:५२ मा प्रकाशित
रोशन पोखरेल , विराटनगर , पुस २८
नेपाली सांगितिक क्षेत्रमा लोकदोहोरी गितको विशेष महत्व रहेको छ । नेपाली कला र सस्कृतिलाई बचाउनको लागी निकै महत्व राखेको छ । मनभित्रका भावहरुलाई लयात्मक रुपमा गित मार्फत ब्यक्त गरेर मनको बहलाई पोख्नको लागी सजिलो माध्यम भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा स्थापित बन्दै गएका गायक सुमन विसी र ज्योति गोरखालीको सुमधुर आवाजमा “ तगारो ” बजारमा आएको छ । माया र प्रेमका विचमा भएको विछोडमालाई मार्मिक रुपमा टोम विसीले शब्द चित्र मार्फत समेटेका छन ।
मायामा पागल भएका मान्छेका भावहरुलाई गितमा चोटिलो रुपमा पस्कने प्रयास छ । गणेश अधिकारीको शब्द संयोजनमा तगारो गित निमार्ण गरिएको छ । आफुबाट विछोडिएर बाहिर जाने मान्छेलाई केही भन्न नचाहने गायिकाले आफना प्रेमी सुमनलाई भनेकी छन । सागर गौतमको छायाँकन, रमित ओलीको सम्पादन , विष्णु कुँवरको ्निर्देशन भिडियोमा छ । मायालु जोडिको अभिनय विष्णु र माया तामागंले गरेकी छन ।

प्रतिक्रिया