अनुपम रोशीको मध्यान्तरको विमोचन सम्पन्न

इनेप्लिज २०७४ पुष २७ गते ३:५८ मा प्रकाशित
नेपाली आख्यानको क्षेत्रमा कुमारी आमा जस्तो उपन्यास लिएर प्रवेश गर्ने तथा कालो छायाँ जस्तो थप उपन्यास पस्किने लेखिका अनुपम रोशीको नविनतम कृति कथासङ्ग्रह मधान्तरको काठमाडौंमा विमोचन सम्पन्न भयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा अतिथिहरू प्रोफेसर डाक्टर अभि सुवेदी, कथाकार माया ठकुरी, वक्तात्रय केशव सिग्देल, युग पाठक, रजनी ढकाल तथा आख्यानकार रोशी पाँचै जनाको हातबाट सो पुस्तकको विमोचन गरिएको थियो ।  सो विमोचन कार्यक्रममा केशव सिग्देल, रजनी ढकाल, युग पाठक, माया ठकुरी, मणि लोहनी  आदिले आ-आफ्नो धारणा राखेका थिए भने लेखिका अनुपमले पनि आफ्नो धारणा पस्केकी थिइन् । यो पुस्तक बीएन पुस्तकले प्रकाशन गरेको हो ।
विमोचन कार्यक्रममा साहित्यकार तथा साहित्यानुरागीहरुको राम्रो उपस्थिति रहेको थियो ।
(www.vpkonlinenews.com सँगको सहकार्य)

प्रतिक्रिया