आज २९६ औ राष्ट्रिय एकता दिवस ! ( भिडियो सहित ) नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती आज पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

इनेप्लिज २०७४ पुष २७ गते ३:४७ मा प्रकाशित

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहे ।

उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइन गरिएकामा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरिदिएको थियो । यद्यपि, त्यसपछिका वर्षहरुमा पनि जनस्तरबाट पृथ्वीजयन्ती मनाउनेक्रम जारी नै छ । यो वर्ष भने सरकारले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया