अमेरिकामा कागजपत्र नभएको शंकामा सेभेन इलेभेन स्टोर(पसल )मा सोधपुछ ,२१ पक्राउ

इनेप्लिज २०७४ पुष २७ गते १:४० मा प्रकाशित


जनवरी १० , अमेरिकामा ईन्धन तथा खुद्रा व्यापार समेत कारोवार गर्ने सेभेन इलेभेन सहुलियत पसलमा आज सोधपुछ गरिएको छ l अध्यागमन अधिकारीहरुले वुधवार कानूनी रुपमा काम गर्ने कागजात नभएकाहरुलाई सोधपुछ गरेका छन l युएस इमिग्रेशन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई)का अधिकारीहरुले उक्त कदम चालेका छन् l

अमेरिकाका विभिन्न राज्यमा भएका सेभेन इलेभेन स्टोर(पसल )मा गएर सोधपुछ को साथै शंकास्पद कामदारहरुलाई हिरासतमा लिएका छन् । सोधपुछ गर्ने क्रम मै अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरका ९८ पसल (स्टोर)मा गएर कर्मचारीको विवरण प्रबन्धकहरु संग लिएका छन l एका बिहानै ६ बजे केहि समयको लागि पसल बन्द गरेर सोधपुछ गरेका थिए l

युएस इमिग्रेशन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई)का अधिकारीहरुले २१ जनालाई हिरासतमा लिएका छन् l अमेरिकामा सवारी साधनको ईन्धन तथा खुद्रा पसल चलाउने एक प्रसिद्ध पसल हो जस्मा सवै देशका मानिस काम गर्दछन l दक्षिण एसियाली मूलुकका पाकिस्तानी ,भारतीय तथा नेपालीहरु प्रसस्त काम गर्दछन l अमेरिका भरमा नेपालीहरुले प्रसस्त यस्तो व्यवसाय संचालन गरि रहेका छन् l

उक्त कारवाई को शिलशिलालाई सम्बोधन गर्ने क्रममा आईसीईका कार्यवाहक निर्देशक थोमस ह्म्याले अमेरिकामा काम गर्ने अनुमति नपाएकालाई काममा नियुक्त गरेमा र यस्ता कामदारलाई राखिएको भेटिएमा कारवाही हुने संदेश दिएका छन् l

इमिग्रेशन एण्ड कस्टम इनफोर्समेन्ट अधिकारीहरुले मिचिगन, मोजोरी, नाभाडा, न्यू जर्सी, न्यू योर्क, नर्थ क्यारिलोना, ओर्यागन,क्यालिफोर्निया, कोलोराडो, डिलावर, फ्लोरिडा, इलिनियोस, इन्डियाना, मेरिल्याण्ड, पेन्सेलभानिया, टेक्सस र वासिंटन राज्यका सेभेन इलेभेनमा सोधपुछ गरेका छन् l

यसको साथै सेभेन इलेभेनले अध्यागमन कानुन पालना नगरी गैरकानुनी रुपमा कामदार भर्ना गरेको पाईएमा फ्रेन्चाईज ( विशेष बिक्रि अधिकार )सम्झौता तोडेको मानिन्छ भन्ने कुरा बिधुतिय डाक (ईमेल )मार्फत उक्त कुरा उल्लेख गरेको छ l

तस्बिर :एपी /क्रिस कार्ल्सन 

प्रतिक्रिया