मिस एण्ड मिसेस बिउटिफ़ुल नेपाल २०१८ को ताज एन्जिला कार्की तथा संगिता न्यौपानेले चुमे

इनेप्लिज २०७४ पुष २६ गते ०:१७ मा प्रकाशित

काठमाण्डौ : दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१८ र मिसेस बिउटिफ़ुल नेपाल २०१८ को तेस्रो र दोस्रो संस्करणको उपाधी एन्जिला कार्की तथा संगिता न्यौपानेले जित्न सफल भएका छन।

आइतबार अबेर साँझ राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा एन्जिला कार्कीले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस बिउटिफ़ुल नेपाल २०१८ को ताज जित्न सफल भएकी थिइन् भने संगिता न्यौपानेले १० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस बिउटिफ़ुल नेपाल २०१८ को उपाधि आफ्नो हातमा पार्न सफल भएकी थिइन् l

मिस बिउटिफ़ुल नेपाल २०१८ तर्फमा फस्ट रनरअपमा मनिषा देव, सेकेण्ड रनरअपमा अस्मिता श्रेष्ठ र थर्ड रनरअपमा श्रृजना दाहालले उपाधि हात पारेकी छिन भने मिसेस बिउटिफ़ुल नेपाल २०१८ तर्फको विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा सरिता सिंह कायस्थ, सेकेण्ड रनरअपमा पुजा कुवर थापा घोषित भए ।

मिस एण्ड मिसेस बिउटिफ़ुल नेपाल २०१८ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउन मिस बिउटिफ़ुल नेपाल २०१८ र मिसेस बिउटिफ़ुल नेपाल २०१८ आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए।

यस सौन्दर्य प्रतियोगिताको प्रमुख अतिथिमा बरिष्ट हास्य कलाकारमदन कृष्ण श्रेष्ठ रहेका थिए भने प्रतियोगिताको निर्णायकमा चर्चित नायिका संचिता लुईटेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी, गायक सिताराम पोखरेल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा.श्याम खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा तथा नायक गजित विष्ट रहेका थिए । मिस बिउटिफ़ुल नेपाल २०१८ र मिसेस बिउटिफ़ुल नेपाल २०१८ को कार्यक्रम संचालन कोरियोग्राफर आस्विनी झाले गरेका थिए l

प्रतिक्रिया