बिहानी डिजिटल प्रालिले ल्यायो प्याउली फुल पंहेलै बजारमा (भिडियो सहित)

इनेप्लिज २०७४ पुष २५ गते २२:४९ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । बिहानी डिजिटल प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत “प्याउली फुल पहेलै” भर्खरै बजारमा ल्याएको छ ।  आफ्नै कला संस्कृति र मौलितामा आधारित यो गीतलाली बुढाथोकी र सज्जन बोहराको नाम मा बजारमा आएको हो ।  आफुले जिबन भर संगै बाँच्छु र संगै मर्छु भन्दै कसम खाएर लगाएको माया एक दिन पनि टाढा हुँदा कहाँ देखौं र कहाँ भेटौं हुन्छ भन्ने भाव लहरिले बुनिएको यस गीतमा लाली बुढाथोकी र सज्जन बोहराको सुमधुर स्वर सुन्न सकिन्छ ।  प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना सज्जन बोहराले नै गरेका छन् ।

निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, खेम गुरुङ, निर्मला थापा र मिरा राम्जालिको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ ।  यस गीतको म्युजिक भिडियोलाई निर्देशउमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, साथै सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

प्रतिक्रिया