गायक धुर्ब बिस्को तथा सरु गौतमको “काग दाज्यै काग दाज्यै” को म्युजिक भिडियो सर्बाजनिक

इनेप्लिज २०७४ पुष २१ गते २३:१५ मा प्रकाशित

काठमाडौँ : नेपालि सांगीतिक आकाशमा चम्किलो तारा बनेर उदाउदै गरेको तथा नेपाली गित संगीतमा एक पछि अर्को हिट गीतहरु दिएर चर्चाको शिखरमा टेक्दै दर्शक श्रोताहरुको मन जित्न सफल सुमधुर आवाजको धनि चर्चित गायक धुर्ब बिस्को तथा गायिका सरु गौतमको बहुप्रतिक्षित गित “काग दाज्यै काग दाज्यै” युट्युब मार्फत भर्खरै मात्र सार्बजानिक भएको छ l दर्जनौ हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायक धुर्ब बिस्को तथा मिठो स्वरकी धनि गायिका सरु गौतमको आवाज रहेको यस गित बर्षकै उत्कृष्ट गीतहरु मध्ये पर्ने संगीतबिज्ञहरु बताउछन l

आधुनिक गित देखि चलचित्र पार्श्वगायन सम्म चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायक धुर्ब बिस्को यस नया गित “काग दाज्यै काग दाज्यै” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सक्नेमा बिस्वस्त छन l

युवा संगीतकार भिम बिसिको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका छन् भने उत्सब दाहालले छायांकन गरेका हुन l गायक धुर्ब बिस्को तथा गायिका सरु गौतमको सुमधुर आवाजमा रहेको डान्सिङ बिटको यस म्युजिक भिडियोमा चर्चित हास्य कलाकार सगर लम्साल (बले) तथा मोडल स्नेहा पौडेलको बेजोड अभिनय रहेको छ l

भिडियो हेर्नुहोस :

प्रतिक्रिया