इन्वेस्टमेंट तथा ट्याक्स निती
दोहोरो कर र अति झन्झटीलो प्रणाली :
महेश भट्टराई ,बिदेशमा काम वा ब्यबसायमा कर , नाफामा कर तिरेर बचाएको रकम नेपाल लादा कर, लगानी गर्दा कर, नाफामा कर, पुन फिर्ता ल्याउदा नि कर ।
मध्यम बर्गिय परिबार जसले दुई चार हजार शेयर लगानी देश मै गरौ भन्ने भावना भएका नेपालीको आशा मा तगारो लाग्यो । न त एनआरएनए ले नै यस तर्फ कुनै पहल गरेको पाइयो ।
फाइदा : कालो धन दुई नम्वर वाटो बाट सुटुक्क लैजाने र ल्याउन सक्ने ठुला ब्यापारी लाई केहि फाइदा भए होला ।
एनआरएन भनेको सार्क देश बाहेकको मात्र ।
बिदेशी नेपाली लाई सुबिधा :
काठमांडौमा – दुई रोपनी बढिमा
तराईमा – आंठ कठ्ठा
अन्य नगरपालिका – चार रोपनी
तराईका गा बि स – एक बिगाहा
पहाडका गा बि स – दश रोपनी
खरिद बिक्रीमा : सचिब संग पूर्व स्विकृती
बिदेशी नागरिकता लिएको तर एनआरएन। परिचय पत्र नलिएका हकमा माथीको नियम लागु हुने छैन । अर्थात कुनै पनि चल अचल संम्पत्ती राख्न वा किन्न वा बेचबिखन गर्न गैर कानुनी ठह्रर्छ ।
पुर्खैली संम्पत्तीको हकमा एनआरएन आई डी पत्र लिए पछि आफ्ने नाममा नाम सारि गर्न पाइने छ तर माथिको परिधी भित्र मात्र । अन्य संम्पत्ति तु ब्यबस्थापन ( बेच बिखन, दान) गर्नु पर्नेछ ।
तथ्यांक :
तिन लाखमा : १४००० सदस्य यूएसए
परिचय पत्रलिने संख्या : ५०० युएसए
विश्व भर लिने : १५००
बिदेशिएका नेपाली : ५० लाख
दस्तुर :५०० डलर दश बर्ष को लागी
विश्वभर एनआरएन सदस्य : ६० हजार
बिदेशी नागरिकता लिई परिचय पत्र नलिएको नेपाली लाई एनआरएनले के दियो ?
गैर आवासिय नेपाली संम्बन्धी ऐन र नियमाबली ले झनै खाडल र झन्झट थपि दियो ।
“गर्नु गर्यौ मंगले आफ्नै ढंगले ” भने झै ठुला ठुला मानिसले ठुलो ठुलो भाषण र कुरा गरेर ल्याएको र पाएको एनआरएनए ऐन,नियमावली र अधिकार त हामी एयरपोर्ट छाडेका सबै नेपाली लाई सधै भरि सुकुम्बासी बनाउन पो रहेछ ।
“एक पटक नेपाली सधैको नेपाली” मन भित्र मात्र राख्ने भयौ ।
व्यवहारमा
“एक पटकको बिदेशी सधैको सागि बिदेशी” भयौ ।
दोहोरो नागरिकता एका देशको कथा ।
हात्ती आयो हात्ती आयो फुस्स , भएको अधिकार र आफ्नो पनि ठुस्स ।
दोहोरो नागरिकताको ब्यबस्था गरेमा बिदेशमा भएका नेपालीहरू संग भएको शिक्षा, ज्ञान, सिप र क्षमता संगै केहि आर्थिक सहयोग समेत हुने थियो ।
खुलेरै गैर आवासिय नेपाली लाई सुबिधा प्रदान गरि उपयोग गर्ने बातावरण बनेमा नेपालको बिकास मा ठुलो टेवा मिल्ने थियो ।
बेलैमा सबैको आखा खुलोस !
प्रतिक्रिया