फोटो र नामको मोह। पहिला।

इनेप्लिज २०७४ पुष १४ गते २२:०९ मा प्रकाशित
पहिला पहिला कार्यक्रममा चाडो पुग्ने मन हुन्थ्यो
अगाडीको कुर्चीमा गएर थ्याच्च बस्ने रहर हुन्थ्यो
मतलब हुदैनथ्यो कोही आओस कि जाओस
मनमा आशा हुन्थ्यो आफनो पनि फोटो आओस।
आजकाल,
आजकाल कार्यक्रममा ढिलो पुग्न मन लाग्छ
अनि पछाडीको कुर्चीमा गएर बस्न मन लाग्छ
मतलव हुदैन कसैले थाहा पाओस नपाओस
मनले भन्छ,
भरसक आफनो नाम र फोटो नआयोस।

प्रतिक्रिया