देवी र प्रेमको आवाजमा ”सम्झनामा मुटु खाइसक्यो“ भिडियो सहित

इनेप्लिज २०७४ पुष १३ गते १:१२ मा प्रकाशित
रोशन पोखरेल ,  विराटनगर  । नेपाली गीत सँगीतमा अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा  गायिका देवी धर्ति मगर र गायक प्रेम घिमिरेको आवाजमा मौलिक लोक कोशेली ”सम्झनामा मुटु खाइसक्यो“ युटुव मार्फत बजारमा आएको छ ।
गितको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ । युवा अवस्थामा एक अर्का प्रतिको आकषर्ण र मायामा परेका जोडीको हेराईको दृष्टिकोणलाई  समावेश गरिएको छ । विछोडको बेलामा आफनी मायालुलाई आफुबाट टाडा नजानको लागी गित मार्फत खोजिएको छ । कसैको सम्झनामा विताएको एक पल पनि वर्षै लाग्ने गर्छ । महेन्द्र विक को शब्द, विमल डाँगीको संगित, बासु न्यौपानेको रहेको छ भने ”सम्झनामा मुटु खाइसक्यो“ को भिडियोलाई रमेश विकले सम्पादन गरेका छन । गितको भिडियोमा महेन्द्र विक र मञ्जिता केसीको अभिनय रहेको छ । ”सम्झनामा मुटु खाइसक्यो“को भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन ।
”सम्झनामा मुटु खाइसक्यो“  भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया